stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल बैंक लिमिटेड ‘ए’ रेटिङमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १३ गते शनिबार

काठमाडौं । विश्वमै ख्यातिप्राप्त मुडिज्को स्टण्डर्ड बमोजिम रेटिङ कार्य गर्ने नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडद्वारा देशकै पहिलो बैंक नेपाल बैक लिमिटेड लाई ‘ए’ स्तरको रेटिङ कायम गरिएको छ ।

बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले  जारी गरेको विज्ञप्तिमा यस स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने र कर्जा जोखिम न्यून रहेको भन्ने आधार प्रमाणित हुने हुँदा बैंकप्रतिको विश्वसनियता बढ्नुका साथै बैंकको व्यवसाय वृद्धि तथा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिने उल्लेख छ ।

बैंकद्वारा वित्तीय दबाबलाई व्यववस्थापन गर्न कर्जा जोखिम, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारिता, बैंकको प्रभावकारी सञ्चालनमा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वको विश्लेषण, बजार हिस्सा, ब्राण्ड तथा इमेज, स्वस्थ मुनाफाको आधार, नीतिगत तथा कानूनी प्रभावको मूल्याङ्कन, पूजी संरक्षण तथा सरकारबाट प्राप्त सहयोग पुग्ने उल्लेख छ ।

सुशासन कायम गर्नका लागि गरिएका प्रयास, नीति तथा स्थापना गरेका पूर्वाधार, जोखिम बहन गर्नसक्ने क्षमता, सम्पत्तिको गुणस्तर, पर्याप्त तरलता तथा पूँजी कोष, आम्दानीका स्रोत तथा तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एवं समग्र इण्डष्ट्रिजको जोखिम आदिजस्ता तथ्यको आधारमा नेपाल बैंक लिमिटेड ‘ए’ रेटिङमा पर्न सफल भएको जनाइएको छ ।

देशकै प्रथम यस बैंकले हालको विषम परिस्थितिमा समेत पूर्ण सुरक्षा सतर्कता अपनाउँदै आफ्ना सबै शाखामार्फत सीमित कर्मचारीलाई संलग्न गराई सीमित बैंकिङ सेवा देशभर सञ्चालन गरिरहेको छ । रासस

prabhu mahalaxmi
kumari