stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सार्क स्वास्थ्यमन्त्री स्तरीय बैठक : कोरोनाविरूद्ध अगाडि बढ्ने सहमति

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १३ गते शनिबार

काठमाडौं । कोरोना भाइरस महामारीलाई नियन्त्रणका लागि एकअर्काको अनुभवबाट ज्ञान हासिल गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का स्वास्थ्य मन्त्रालय सहयोगी बनेर अगाडि बढ्न सहमत भएका छन् । सार्क स्वास्थ्यमन्त्री स्तरीय भिडियो सम्मेलनमार्फत यस्तो सहमति भएको हो ।
पाकिस्तान सरकारद्वारा आयोजना गरिएको भिडियो सम्मेलनमा सबै सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी थिए । नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स र अफगानिस्तान गरी आठ मुलुक सार्कका सदस्य छन् ।
पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री डा. जफर मिर्जाको अध्यक्षतामा भएको सम्मेलनमा सदस्य राष्ट्रका प्रतिनिधिमण्डलले आफ्नो देशको अवस्थाबारे जानकारी आदानप्रदान गर्नुभएको थियो ।
कोभिड–१९ को प्रकोपविरुद्ध लड्न उहाँहरूले साझा अनुभवहरू आदानप्रदानसमेत गर्नुभएको सार्क सचिवालयले जनाएको छ । सम्मेलनमा महामारीको कारणले हुने खतरालाई कम गर्न क्षेत्रीय सहयोग र ऐक्यबद्धताको महìवलाई उच्चताका साथ लिदैँ आफ्नो प्रतिबद्धतामा कायम रहने दृढता हरेक राष्ट्रले प्रकट गरेको थियो ।
भिडियो सम्मेलनमा नेपालका जनसङ्ख्या राज्यमन्त्री नवराज राउत, अफगानिस्तानका स्वास्थ्य सेवा उपमन्त्री डा. वहाद मजरुह, बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशक प्राडा अबुल कलाम आजाद, भुटानको स्वास्थ्य मन्त्रालयका सचिव उर्गेन डोफू, भारतका स्वास्थ्य सेवा महानिर्देशक प्रा. राजीव गर्ग, माल्दिभ्सको जनस्वास्थ्य महानिर्देशक मइमुना अबुबाकुरु र श्रीलङ्काको जनस्वास्थ्य सेवाका उपमहानिर्देशक डा. पाबा पलिहा वादाने सहभागी हुनु भएको थियो ।
सम्मेलनमा सार्कका महासचिव एसाला रुवान विराकुन सहभागी हुनु भएको थियो । महासचिव विराकुनले सार्क सचिवालयले सदस्य राष्ट्रहरूलाई विश्वव्यापी महामारीका पिरुद्ध लड्न सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभयो । आजको गोरखापत्र दैनिकबाट

 

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long