सुन्दरीजलमा खाद्यान्न राहत सहयोग

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार
काठमाडाैं । गत बैशाख ७ गते देखि हिन्दू स्वयं सेवक संघ नेपालको सहयोग र गोकणेश्वर नगरपालिकाको १ नम्वर वडा अध्यक्ष राम मानन्धरकाे सल्लाह साथै स्थानीय सहयोगीहरुकाे सक्रियतामा गठित मिलिजुली भाेजन व्यवस्थापन समितिद्वारा गाेकर्णेश्वर नगरपालिका वडा नं १ मा रहेको राम जानकी आधारभूत बिद्यालयकाे प्राङ्गणमा कोरोना भाइरसको संक्रमणको महामारीका कारण लकडाउनका कारण खानाकाे ब्यबस्था गर्न कठिन भएका परिवारहरुलाई बेलुकाको खाना खुवाउने व्यवस्था गरिएको छ ।
साे खानाकाे लागि यस वडाका वडा अध्यक्ष राम मानन्धरकाे आग्रहमा किड्स साङ्ग्रिला हाेम नामकाे सामाजिक संस्थाले ५० बाेरा चामल, ५ बाेरा दाल, १० सिलिन्डर ग्यास, मस्यौरा २ बाेरा, तेल ७ कार्टुन, करिमसला ३० प्याकेट र २ बाेरा आलु उपलब्ध गराएको छ ।
त्यस्तै आज बैशाख १२ गते नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य बिमल ठकुरीले आफ्ना स्वर्गीय पिता चक्र बहादुर ठकुरीको पाँचाै पुण्यतिथिमा ३ बाेरा चामल उपलब्ध गराउनु भएको छ ।
त्यसैगरि नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष विजयकुमार श्रेष्ठ र उपाध्यक्ष गाैतम खनालले पचास हजारकाे चेक यस वडाका वडा अध्यक्ष राम मानन्धरलाई हस्तान्तरण गर्नुभएको छ ।
यसै गरि प्राध्यापक डा. रिशिराम पोखरेलले आफ्ना पितृहरूको सम्झनामा ५ बोरा चामल, ३ केजी दाल, ५ केजी गेडागुडी, २ धार्नी आलु , ३ लिटर तेल र मसला लगायतका खाधान्न सामग्री सहयोग गर्नु भएको छ । सहयोगी मनहरुलाई मिलिजुली भाेजन व्यवस्थापन समितिका तर्फबाट धन्यवाद दिइएको छ ।