stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सुन्दरीजलमा खाद्यान्न राहत सहयोग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार

काठमाडाैं ।  गत बैशाख ७ गते देखि हिन्दू स्वयं सेवक संघ नेपालको सहयोग र गोकणेश्वर नगरपालिकाको १ नम्वर वडा अध्यक्ष राम मानन्धरकाे सल्लाह साथै स्थानीय सहयोगीहरुकाे सक्रियतामा गठित मिलिजुली भाेजन व्यवस्थापन समितिद्वारा गाेकर्णेश्वर नगरपालिका वडा नं १ मा रहेको राम जानकी आधारभूत बिद्यालयकाे प्राङ्गणमा कोरोना भाइरसको संक्रमणको महामारीका कारण लकडाउनका कारण खानाकाे ब्यबस्था गर्न कठिन भएका परिवारहरुलाई बेलुकाको खाना खुवाउने व्यवस्था गरिएको छ ।

‌साे खानाकाे लागि यस वडाका वडा अध्यक्ष राम मानन्धरकाे आग्रहमा किड्स साङ्ग्रिला हाेम नामकाे सामाजिक संस्थाले ५० बाेरा चामल, ५ बाेरा दाल, १० सिलिन्डर ग्यास, मस्यौरा २ बाेरा, तेल ७ कार्टुन, करिमसला ३० प्याकेट र २ बाेरा आलु उपलब्ध गराएको छ ।

त्यस्तै आज बैशाख १२ गते नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य बिमल ठकुरीले आफ्ना स्वर्गीय पिता चक्र बहादुर ठकुरीको पाँचाै पुण्यतिथिमा ३ बाेरा चामल उपलब्ध गराउनु भएको छ ।

त्यसैगरि नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष विजयकुमार श्रेष्ठ र उपाध्यक्ष गाैतम खनालले पचास हजारकाे चेक यस वडाका वडा अध्यक्ष राम मानन्धरलाई हस्तान्तरण गर्नुभएको छ ।

यसै गरि प्राध्यापक डा. रिशिराम पोखरेलले आफ्ना पितृहरूको सम्झनामा ५ बोरा चामल, ३ केजी दाल, ५ केजी गेडागुडी, २ धार्नी आलु , ३ लिटर तेल र मसला लगायतका खाधान्न सामग्री सहयोग गर्नु भएको छ । सहयोगी मनहरुलाई मिलिजुली भाेजन व्यवस्थापन समितिका तर्फबाट धन्यवाद दिइएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari