stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

पोखरामा टाटाका नयाँ ईभी सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । चैत १७ सम्म पोखरामा चल्ने वाडा अटो शो २०२५ को अवसरमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ इलेक्ट्रिक गाडी कर्भ ईभी एसयुूभी कूपे र नेक्सन के३ ईभी सार्वजनिक गरेको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्य, सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ, सिओओ राजेश प्रसाद गिरी, प्यासेन्जर भेइकल बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्स रिजनल कस्टमर केयर (दक्षिण एसिया) हेड रनधीर कुमार चौधरी र टाटा मोटर्स कन्ट्री म्यानेजर प्रसन्न रङ्गनाथनले संयुक्त रुपमा नयाँ ईभीहरु सार्वजनिक गरेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को संयुक्त आयोजनामा पोखरामा वाडा अटो शो २०२५ को आयोजना भएको हो ।

नेक्सन के ३.ईभीः नेपाली सडकको लागि अनुकूल

टाटा नेक्सन के३ ईभीमा १९० एमएम ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६०–डिग्री क्यामेरा, १२–इन्च टचस्क्रिन जस्ता विशेषताहरू रहेका छन् । यसले नेपाली भौगोलिक अवस्था अनुरूप सहज यात्रा दिने विश्वास गरिएको छ । यस गाडीको सुरुवाती मूल्य ४८.९९ लाख रुपैयाँ तोकिएको छ ।

कर्भ.ईभीः उच्च प्रदर्शन इलेक्ट्रिक एसयूभी कुपे

कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ । ५०० लिटरको बुटस्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिनेछ । जसको टप भेरिएन्टको मूल्य रु।५६।९९ लाख रहेको छ ।

यसमा एडिएएस लेभल २ को क्षमता रहेको छ, जसमा ६ वटा एयरब्याग, अल–ह्वील डिस्कब्रेक, अटोहोल्ड, हिलस्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ–भीबीएससहितको इएसपी रहेको कर्भ.ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ ।

गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टचस्क्रिन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस–असिस्टेड पानोरामिक सनरूफ, एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिटजस्ता विशेषताहरू छन् ।

इच्छुक ग्राहकहरुले जारी वाडा अटो शोको स्टल नम्बर (ए३) मा टाटाका कर्भ ईभी र नेक्सन के ३ ईभी अवलोकनका साथै बुकिङ गर्न सकिने छ । यसअघि सिप्रदीले पूर्वदेखि पश्चिमसम्म नयाँ ईभीहरु सार्वजनिक गर्दै वाडा अटो शो २०२५ लाई लक्षित गर्दै पोखरामा सार्वजनिक गरेको हो ।

prabhu mahalaxmi
kumari