वैद्य अर्गनाइजेशन बन्यो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
काठमाडौं । नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक वितरक र आयातकर्तामा वैद्य अर्गनाइजेसन नियुक्त भएको छ। भारतीय प्रिमियम इलेक्ट्रिक मोटरसाइकल उत्पादक अल्ट्राभोइलेटले वैद्यज अर्गनाइजेसनलाई नेपालका लागि नयाँ बिक्रेता नियुक्त गरेको हो।
यसअघि नेपालमा अल्ट्राभोइलेटका मोटरसाइकल केडिया ग्रुपले बिक्री वितरण गर्दै आएको थियो। प्रिमियम इलेक्ट्रिक ब्राण्ड एथरका स्कुटर बिक्री गर्दै आएको वैद्यले अब अल्ट्राभोइलेटका इलेक्ट्रिक मोटरसाइकल पनि बिक्री गर्ने भएको हो।



























