stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिटेकको गेट पे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सिटिटेक ग्रुप प्रालिले नेपालको पहिलो एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर “गेटे”लाई नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा, माछापुच्छ्रे बैंक लिमिटेडमा सफल भुक्तानी व्यवस्थापन शुभारम्भ गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

सिटिटेक ग्रुप डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्थाको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ। यस संस्थाले हाल सम्म फिन प्रो तथा फिन पस जस्तो नवीनतम सफ्टवेयर ल्याएर नेपालमा पहिले नै आफ्नो वर्चस्व कायम गरिसकेको छ।

हाल सञ्चालनमा आएको गेट पे बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत भुक्तानी प्रणालीमार्फत भुक्तानी संरचना सरल बनाउने, व्यवसायी व्यवस्थापन गर्ने र नयाँ भुक्तानी माध्यमहरूलाई छोटो समयमा एकीकृत गर्न सक्षम बनाउने प्लेटफर्म हो।

व्यवसायीहरूका लागि यो प्लेटफर्मले सबै कारोबारहरूको एकै स्थानबाट अनुगमन गर्ने, सुविधा दिने तथा फरक भुक्तानी प्रणालीहरूलाई एकीकृत प्रणालीमा समायोजन गर्नेछ।

आधुनिक प्रविधिमार्फत वास्तविक समयमै कारोबार पूरा गर्ने क्षमताले गेट पे लाई अधिक कार्यकुशल, लागत प्रभावी र डिजिटल मैत्री साधन बनाएको जनाइएको छ।

prabhu mahalaxmi
kumari