stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ५८औं वार्षिक साधारणसभा आज चैत १५ गते बस्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५८औं वार्षिक साधारण सभा आज चैत १५ गते शुक्रबार बस्दैछ। साधारण सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारितका लागि पेश गरिनेछ।

साथै ऋण सुविधा लिने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पीडितको लागि जम्मा गरेको राहत रकम अनुमोदन गर्ने प्रस्ताव पनि साधारण सभाका लागि तय गरिएको छ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा पेश गरिनेछ।

साधारण सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

prabhu mahalaxmi
kumari