stcnepal long ad
global ime bank long

नेपालको पहिलो इभी ट्रक फोटोनले बिक्री मूल्य तोक्यो, कति पर्छ मूल्य ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालको पहिलो इभी ट्रक फोटोन टीएम १ को सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा।लि। ले नेपालको पहिलो विद्युतीय ट्रकको मूल्य सार्वजनिक गरेको हो।

यो सुरुवाती मूल्य सीमित अवधिका लागि लागु हुने कम्पनीले जनाएको छ। नाडा अटो शो २०८० मा औपचारिक रुपमा सार्वजनिक गरिएको टीएम वानको उल्लेखनीय बूकिंङ रहेको पनि कम्पनीले बताएको छ ।

शक्तिशाली ३८.६४ किलोवाट आवर ब्याट्री भएको फोटोन टीएम वानले एक पटकको फुल चार्जमा २८० किलोमिटर(एन.इ.दि.सी.) रेन्ज दिने बिक्रेताले दाबी गरेका छन् । यसमा भएको मोटरको पिक पावर ६० किलोवाट छ भने यसको टर्क २ सय २० एनएम रहेको छ।

उक्त गाडीको पेलोड १४०० किलो रहेको छ । सीसीएस टू चार्जिङ पोर्ट रहेको यो टीएम वान फास्ट चार्जरबाट १ घण्टामा र स्लो चार्जरबाट ६ घण्टामा फुल चार्ज हुन्छ। यसको ब्याट्री सीएटीएलले उत्पादन गरेको लिथियम आयन फोसफेट हो।

यो गाडीको १ सय ६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यो विद्युतीय ट्रकका अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ।

टीएम वान विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको नेपालमा नै गरिएको प्रयोगबाट समेत प्रमाणित भएको बिक्रेताले जनाएको छ।

उक्त टीएम वान विद्युतीय ट्रकले पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टेको उकालो सजिलै पार गर्न सफल भएको कम्पनीले बताएको हो।

IME Lifesidebar
kumari