citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

रियलमीको फ्यान फेस्ट हुँदै, दुई स्मार्ट फोन लन्च हुने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना ग्राहकहरूका लागि यही असोज ५ गते शुक्रबार ठमेल स्थित छँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दैछ ।

सो फ्यान फेस्टमा रियलमीले आफ्ना नयाँ बजेट–फ्रेण्डली स्मार्टफोन मोडलहरु रियलमी ११ एक्स र रियलमी ११ ५ जी बजारमा सार्वजनिक गर्ने जनाएको छ । ।

भेक र  यावेशको  लाइभ प्रस्तुतिको साथै यस फ्यान फेस्टमा आकाश खड्काको पनि प्रस्तुति रहनेछ । फ्यान फेस्टमा भेकले आफ्ना चर्चित गीतहरू लै बरी लै, एक्लै जिउन सिके, अलपत्र, र अन्य धेरै गीतहरु प्रस्तुत गर्नेछन् ।

त्यस्तै यावेशले लाखौं हजारौं आकाशले तिमी भएर लगायत आफ्ना अन्य गीतहरु मार्फत दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । रियलमी ११ एक्स र रियलमी ११ ५ जीले स्मार्टफोनको ल्यान्डस्केपलाई आफ्ना उल्लेखनीय सुविधाहरू र आकर्षक डिजाइनको साथ पुनः परिभाषित गर्ने कम्पनीको भनाइ छ ।

रियलमी ११ एक्स र रियलमी ११ ५जी दुवै स्मार्टफोनमा मिडियाटेकको डाइमेंनसिटी ६१००ं को पावरफुल चिप्सेट, ६.७२ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको अल्ट्रा स्मुद डिस्प्ले रहेका छन् । क्यामराको कुरा गर्दा रियलमी ११ एक्समा ६४ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ भने रियलमी ११ ५जीमा १०८ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ ।

रियलमी ११ एक्समा ३३ वाटको फास्ट चार्जर र रियलमी ११ ५जीमा ६७ वाटको सुपरभोक चार्जर रहेको छ । यो कन्सर्ट सबैका लागि पूर्ण रुपमा निःशुल्क रहने जनाइएको छ ।

himalayan life insurance
igi long