citizens life insurance long ad
stcnepal long ad

श्रीलङ्काको संसदद्वारा भ्रष्टाचार विरोधी विधेयक पारित

Nimb long ad
Prabhu Insurance Long Ad

श्रीलङ्काको संसदले बुधबार बिना मतदान भ्रष्टाचार विरोधी विधेयक पारित गरेको संसदको सञ्चार एकाइले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संसदको सञ्चार एकाइका अनुसार उक्त विधेयक संशोधनसहित पारित भएको हो । यसअघि उक्त विधेयक संविधानसम्मत छ कि छैन भनेर सर्वोच्च अदालतमा पठाइएको थियो ।

अदालतले विधेयकको मस्यौदामा संविधानसँग बाझिएका केही दफा रहेको र त्यसलाई संशोधन गरिएको जानकारी सभामुखलाई गराएको थियो ।

श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग आफ्नो मुलुकको शासन प्रणालीमा सुधार ल्याउन र भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिअनुसार भ्रष्टाचार विरोधी नियमहरू ल्याउन गरेको सम्झौतासँग यो कानून जोडिएको छ ।

IME Life
kumari