citizens life insurance long ad
stcnepal long ad

टाइटनिक हेर्न गएको बेपत्ता पनडुब्बीमा पाकिस्तानी अर्बपति बाबु छोरा पनि

Nimb long ad
Prabhu Insurance Long Ad

लन्डन। विश्वकै चर्चित पानी जहाज मध्येको एक टाइटानिक फेरि एकपटक चर्चामा आएको छ। एट्लान्टिक महासागरको गहिराइमा डुबेको यो जहाज हेर्न आइतबार पर्यटक पनडुब्बीमा पाँच जना गएका थिए तर यो पनडुब्बी अहिले दुई दिन देखी बेपत्ता भएको छ।

अहिले अवस्था यस्तो छ कि उद्धारकर्ताहरू यो पनडुब्बी खोज्न लागि परेका छन्।

यो पर्यटक पनडुब्बीको नाम सिर्ट टाइटन हो र समुद्रमा डुबेको साढे दुई घण्टामा यसको सम्पर्क टुटेको थियो। ब्लूमबर्गको रिपोर्ट अनुसार यो पनडुब्बीको दायरा ९६ घण्टा छ र यसले ७० घण्टा अक्सिजन राख्छ।

अहिले धेरै सरकारी एजेन्सीहरू, अमेरिकी–क्यानडा नौसेना बल र व्यावसायिक रूपमा गहिरो समुद्रमा जाने कम्पनीहरूले यो पनडुब्बीको खोजी गरिरहेका छन्।

टुर कम्पनी ओशनगेटको यो सानो पनडुब्बीमा पाइलटसहित पाँच जना सवार थिए। यस पनडुब्बीमा पाकिस्तानका अर्बपति व्यापारी प्रिन्स दाउद र उनका छोरा सुलेमान र बेलायती व्यापारी हमिस हार्डिङ पनि रहेका छन्।

यात्रामा निस्कनु अघि हार्डिङले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए(‘म टाइटानिकको भग्नावशेषको अभियानको हिस्सा हुँ भन्न पाउँदा गर्व लाग्छ।’

प्रिन्स दाउदको बारेमा भनिएको छ कि उनी पाकिस्तानको सबैभन्दा धनी परिवार मध्ये एक हुन्। उनी एसईटीआई संस्थानका ट्रस्टी पनि हुन्। पनडुब्बीका पाइलटको नाम पल हेनरी हो र उनी फ्रान्सका बासिन्दा हुन्।

न्यूयोर्क टाइम्सका अनुसार यो पनडुब्बीमा यात्रा गर्न पर्यटकले ३ करोड ६४ लाखभन्दा बढी शुल्कण्तिर्नुपर्ने हुन्छ। यो यात्रा न्यू फाउन्डल्याण्डको सेन्ट जोन्सबाट सुरु हुन्छ। टाइटानिकको भग्नावशेषसम्म पुग्न र निस्कन आठ घण्टा लाग्थ्यो।

ओसेन्गेटको वेबसाइटका अनुसार कम्पनिका तीनवटा पनडुब्बी छन् तर टाइटानिकको भग्नावशेषसम्म पुग्न टाइटन मात्र सक्षम छ।

यस पनडुब्बीको तौल १० हजार ४३२ किलोग्राम रहेको र कम्पनीको वेवसाइटका अनुसार सो पनडुब्बी १३ हजार १०० फिटको गहिराइमा पुग्न सक्छ । यो पनडुब्बीमा पाँच यात्रुका लागि ९६ घण्टा जीवन बचाउने अक्सिजन छ।

IME Life
kumari