citizens life insurance long ad
stcnepal long ad

युरोकप छनोट फुटबलमा स्कटल्याण्डले स्पेनलाई पराजित

Nimb long ad
Prabhu Insurance Long Ad

युरोकप छनोट फुटबलमा स्कटल्याण्डले स्पेनलाई पराजित गरेको छ । समुह ‘ए’ को खेलमा मंगलबार राति स्कटल्याण्डले स्पेनलाई २–० ले पराजित हो ।

स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन स्कट म्याक्टोमिनेले दुवै गोल गरे ।

खेलको सातौं मिनेटमा स्कटले गोल गर्दै स्कटल्याण्डलाई सुरूवाती अग्रता दिलाएका थिए । त्यसपछि ५१ औं मिनेटमा स्कटले व्यक्तिगत दोस्रो गोल गर्दै स्कटल्याण्डलाई २–० को जित दिलाए ।

जितसँगै स्कटल्याण्डले समुह ‘ए’ मा दुई खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । स्पेनको ३ अंक छ भने नर्वे र जर्जीयाको एक एक अंक छ । मंगलबार राति नै भएको अर्को खेलमा नर्वेले जर्जीयासँग एक एक गोलको बराबरी खेलेका छन् ।

IME Life
kumari