citizens life insurance long ad
stcnepal long ad

सवा ५ लाखले एसइई दिँदै, छात्राभन्दा छात्र बढी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । शुक्रबारबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु हुँदैछ । परीक्षामा पाँच लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुने एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुन लागेका हुन् ।

परीक्षा नियन्त्रक श्रेष्ठकाअनुसार पाँच लाख १६ हजार ५९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ ।

जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ । यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी रहेको छ । दुई लाख ६० हजार ६७४ छात्र र दुई लाख ५५ हजार ९१७ छात्रा परीक्षामा सहभागी हुने श्रेष्ठको भनाई छ ।

IME Life
kumari