stcnepal long ad
global ime bank long

फ्रान्समा अनिश्चितकालीन हडताल सुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

सरकारले परिमार्जन गर्न लागेको निवृत्तिभरण सुधार योजनाहरू विरुद्ध फ्रान्समा मजदुर र कर्मचारी संघसंगठनहरूले मंगलबारदेखि अनिश्चितकालीन हडतालको घोषणा गरेका छन् ।

मजदुर र कर्मचारी युनियनहरूले सरकारले निवृत्तिभरण विधेयक फिर्ता नलिएसम्म हडताल जारी राख्ने घोषणा गरेका हुन् ।

अनिश्चितकालसम्म हडताल जारी राख्ने घोषणा गरिएकाले फ्रान्सको जनजीवन प्रभावित हुनसक्ने आकलन गरिएको छ । अनिश्चितकालीन हडतालमा शिक्षक, ग्यास र विद्युतीय क्षेत्रका कामदारहरू, रेल कम्पनीका कर्मचारी, स्वास्थ्य क्षेत्रका कामदार र औद्योगिक क्षेत्रलगायत कामदारहरू सहभागी हुने बताइएको छ ।

फ्रान्समा निवृत्तिभरण अधिकार सुधार गर्ने र सेवानिवृत्तिको उमेर ६२ बाट ६४ वर्षसम्म पुर्‍याउने सरकारको योजनाविरुद्ध औद्योगिक कलकारखानाका मजदुरहरूले जनवरीदेखि नै पटक–पटक हड्ताल गर्दै आएका छन् ।

मंगलबारबाट सुरु हडताल छैठौं पटकको हो । देशका प्रमुख मजदुर युनियनहरू सीजीटी र सीएफडीटीले नै अनिश्चितकालीन हडतालको घोषणा गरेकाले दैनिक जीवनमा व्यापक बाधा पुग्ने र अर्थव्यवस्थालाई गम्भीर रूपमा क्षति पुग्ने सम्भावना रहेको फ्रान्सका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

राष्ट्रपति इमानुयल म्याक्रोँ भने हालको निवृत्तिभरणको आर्थिक बोझ राज्यले धान्न नसक्ने र त्यसको भार युवाहरुले धान्नु परिरहेकाले यसलाई परिमार्जन गर्नुपर्ने तर्क गर्दै आउनुभएको छ ।

IME Lifesidebar
kumari