citizens life insurance long ad
stcnepal long ad

चेक गणतन्त्रको नयाँ राष्ट्रपतिमा पावेल नहराद निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

चेक गणतन्त्रको नयाँ राष्ट्रपतिमा पावेल नहराद निर्वाचित हुनुभएको छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का पूर्वमहासचिव नहराद चेक गणतन्त्रको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो।

चुनावी परिणाममा ६१ वर्षीय नहरादले आफ्ना प्रतिद्वन्द्वी आन्द्रेज वाविसलाई पराजित गर्दै खसेको कुल मतको ५७ दशमलव ६ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

सन् २०१७ देखि २०२१ सम्म प्रधानमन्त्री रहनुभएका वाविसले आफ्नो पराजय स्वीकार गर्नु भएको छ । नयाँ राष्ट्रपतिमा चयन भए लगत्तै नहरादले आगामी मार्चमा दोस्रो कार्यकाल सकिन लागेका राष्ट्रपति मिलोस जेमानको स्थान लिनु हुने भएको छ ।

वाविस र नहरादबीचको दोस्रो चरणको राष्ट्रपतीय चुनावलाई पपुलिस्ट र उदारवादी प्रजातान्त्रिक समूहबीचको प्रतिस्पर्धाको रुपमा लिइएको थियो ।

IME Life
kumari