stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

उत्तर कोरियाले आइतवार दुईवटा  ब्यालेस्टिक  मिसाइल प्रहार गरेको सीउलको सेनाले जनाएको छ । प्योङयाङले नयाँ हतियार प्रणालीको लागि मोटरको सफल परीक्षण घोषणा गरेको केही दिनपछि व्यालिस्टिक मिसाइल प्रहार गरेको हो ।

यस वर्ष कोरियाली प्रायद्वीपमा सैन्य तनाव तीव्र रूपमा बढेको छ किनकि प्योङयाङले गत महिना अहिलेसम्मको सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको प्रक्षेपणसहित हतियार परीक्षणहरूको अभूतपूर्व निशाना बनाएको छ ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले उत्तरी प्योङगान प्रान्तको टोङ्चाङ–री क्षेत्रबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र पत्ता लगाएको बताए । मिसाइल स्थानीय समयअनुसार आइतबार बिहान ११ बजेर १३ मिनेट देखि १२ बजेर ५ मिनेटसम्म पूर्वी सागरमा प्रहार गरिएको जनाइएको छ ।

prabhu mahalaxmi
kumari