stcnepal long ad
nabil bank
macchha(MBL)

एक्सेलको नाफा यसरी भयो प्रभावित

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २५ गते बिहीबार

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा २४.७८% ले थोरै हो । गत वर्ष एक्सेलले ११ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने २१.२५% ले बढाएर ३२ करोेड ९६ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले २७ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

एक्सेलको सञ्चालन नाफा पनि घटेको छ । गत वर्ष १६ करोड २७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको यस बैंकको यो त्रैमासमा घटेर १२ करोड २९ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ । चैतसम्म ९ अर्ब ८ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको एक्सेलले ७ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
जगेडा कोषमा २८ करोड १० लाख रुपैयाँ छ । यसको खराब कर्जा भने १.०८% बाट बढेर ३.६६% पुगेको छ । खराब कर्जा बढेपछि प्रोभिजन गर्नुपर्ने भएकाले नाफा प्रभावित हुन जान्छ । बैंकको बेस रेट १०.६१% र कर्जा निक्षेप अनुपात ७६.७१% रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५७ पैसा (वार्षिक) रहेको एक्सेलको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ९३ पैसा छ ।
prabhu mahalaxmi
kumari