ल्यापटप र प्रिन्टर खरिदमा प्रभु बैंकका ग्राहकलाई १५ र कर्मचारीलाई १८ प्रतिशतसम्म छुट
काठमाडौं। नेपालका लागि एसर ल्यापटप र एप्सन प्रिन्टरको आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा मर्केन्टाइलका कार्यकारी निर्देशक सूरज क्षेत्री र प्रभु बैंकका मार्केटिङ म्यानेजर सबिन शमशेर ज.ब.रा ले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार एसर ल्यापटप र एप्सन प्रिन्टरको खरिदमा प्रभु बैंकका कर्मचारीले १८ प्रतिशतसम्म र ग्राहकहरूले ८ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
यसका साथै, बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले ुइन्स्टापेु मार्फत किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने सुविधा समेत उपलब्ध गराइएको छ ।
यो छुट सुविधा मर्केन्टाइल अफिस सिस्टमको आधिकारिक विक्री केन्द्रहरूबाट प्राप्त गर्न सकिनेछ ।

























