stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

यस वर्ष युनाइटेड इन्स्योरेन्सको नाफा घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २५ गते बिहीबार

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ८१ लाख ६० हजार पुगेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा कम्पनीको चुक्तापूँजी २४० प्रतिशत बढी भएको हो ।

कम्पनीले २४० प्रतिशत हकप्रद शेयर विक्री गरी चुक्तपूँजी बढाएको हो । यस वर्ष गत वर्षको तुलनामा कम्पनीको नाफामा भने कमि आएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म रू. ७ करोड ५५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष सोहि अवधिसम्म रू. ४ करोड २६ लाख मात्र खुद नाफा गरेको छ हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ४३ दशमलव ५८ प्रतिशत कम भएको हो ।

यो वर्ष कम्पनीको आम्दानी ३९ दशमलव ३६ प्रतिशत कम भएको छ । आम्दानी घटेसँगै नाफामा पनि कमि आएको हो । गत वर्ष रू. १२ करोड ७९ लाखभन्दा बढी आम्दानी गरेको यो कम्पनीले यस वर्ष रू. ७ करोड ७६ लाख १२ हजार मात्र आम्दानी गर्न सकेको हो । कुल बीमाशुल्क आर्जन रकम भने गत वर्षृभन्दा यस वर्ष ४४ प्रतिशत बढी भएको छ ।

गत वर्ष रू. ३५ करोड ५५ लाख ९७ हजार कुल बीमाशुल्क आर्जन गरेको यो कम्पनीले यस वर्ष सोहि अवधिसम्म रू. ५१ करोड २१ लाख ७४ हजार कुल बीमाशुल्क आर्जन गरेको हो । कम्पनीको बीमाकोषमा रू. ३४ करोड ७४ लाख ३९ हजार रहेको छ ।

गत वर्ष रू. १ हजार ३१३ जनालाई रू. २३ करोड ६७ लाखभन्दा बढी दाबी भुक्तानी गरेको यो कम्पनीले यस वर्ष १ हजार ५९८ जनालाई रू. १६ करोड ५३ लाखभन्दा बढी रकम दाबी भुक्तानी गरेको छ । यस वर्ष कम्पनीले ६९ हजार २८५ बीमालेख जारी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव ५३ र प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ६० छ ।

prabhu mahalaxmi
kumari