आइपीओ तयारीमा रहेको रिलायन्स लाइफको नाफा १२८.८१% वृद्धि

आर्थिक सञ्जाल २०७७ वैशाख २५ गते बिहीबार
काठमाडौं । रिलायन्स लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ६ करोड १८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १२८.८१% ले धेरै हो । गत वर्ष रिलायन्सले २ करोड ७० लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस इन्सुरेन्सको खुद बिमा शुल्कमा पनि १११.५९% बढोत्तरी भएको छ । गत वर्ष ३७ करोड ६७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको यसले यो त्रैमासमा बढाएर ७९ करोड ७१ लख रुपैयाँ पुर्याएको छ ।
रिलायन्स इन्सुरेन्सले चैत मसान्तसम्म १ करोड ६७ हजार रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । चुक्ता पुँजी १ अर्ब ४७ करोड रहेको यस इन्सुरेन्सको जगेडा कोषमा १४ करोड ९६ लाख रुपैयाँ छ । महाविपत्ति कोषका लागि १ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ ।
यस्तै, जीवन बिमा कोष पनि २४ करोड १८ लाख रुपैयाँबाट बढाएर ८६ करोड ९८ लाख पुर्याएको छ । यस कम्पनीले ६३ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने तयारी गरिरहेको छ । आइपीओ बिक्रीपछि नियामकले तोके अनुसार न्यूनतम पुँजी पुग्नेछ । यसले सानिमा क्यापिटललाई आइपीओ जारी गर्न बिक्री प्रबन्धक तोकिसकेको छ ।