stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

इटालीका प्रधानमन्त्री मारियोद्वारा राजीनामा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । गठबन्धन टुटेपछि इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् । लोकतान्त्रिक गठबन्धन साझेदार फाइभ स्टारले विश्वासको मतमा दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री मारियो द्राघीले अल्पमतमा परेको भन्दै पदबाट राजीनामा दिएका हुन् ।

युरोपेली केन्द्रीय बैङ्कका पूर्व प्रमुखसमेत रहेका द्राघीले फेब्रुअरी २०२१ देखि इटाली सरकारको नेतृत्व गरेका थिए । शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै उनले संयुक्त सरकार टिकाउने विश्वासको सन्धि टुटेको जिकिर गरेका छन् ।

यसैबीच प्रधानमन्त्री द्राघीले दिएको राजीनामा राष्ट्रपति सर्जियो माटारेल्लाले अस्वीकार गर्दै पुनर्विचार गर्न आग्रह गरेका छन् । विगत एक दशकमा इटालीका छैटौँ प्रधानमन्त्री द्राघीले इटालीलाई कोभिड(१९ पछिको महामारी रिकभरीको नेतृत्व गरेका थिए ।

द्राघीले देशलाई महामारीको अस्थिरताबाट बचाउन महत्त्वपूर्ण भूमिका निभाएको भन्दै प्रशंसा पाएका थिए । राष्ट्रपतिले द्राघीलाई अब राजनीतिक अवस्थाको स्पष्ट चित्र प्रस्तुत गर्न संसदलाई सम्बोधन गर्न समेत आह्वान गरेका छन् ।

prabhu mahalaxmi
kumari