stcnepal long ad
ime life insurance
global ime bank long

आजबाट भरि सिलिण्डर ग्यास बजारमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल चैत्र ३०, २०७६ आइतबार

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आजदेखि पुरै भरिएको ग्यासको सिलिण्डर बिक्री गर्ने भएको छ । कोरोना संक्रमणका कारण उत्पन्न संकट कम गर्न भन्दै निगमले गत १६ गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएकोमा आजदेखि पुरै ग्यासको सिलिण्डर बिक्री गर्ने भएको हो ।

नेपाल आयल निगमले बिहीबारबाट भरी सिलिण्डर अर्थात १४.२ केजीको परिमाणमा ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको थियो। सोहि निर्देशन अनुसार सबै ग्यास उद्योगले आ आफ्ना डिलर मार्फत् बजारमा भरी सिलिण्डर ग्यास पठाएको जनाईएको छ ।

एउटै डिलरले आधा र भरी दुवै प्रकारको सिलिण्डर बेच्न पाउँदैनन् । आधा सिलिण्डर ग्यास स्टक भएकालाई भरी सिलिण्डर ग्यास दिइने छैन। भरी सिलिण्डर र आधा सिलिण्डरको ग्यास एकै ठाउँबाट बिक्री गरेमा कारबाही हुने निगमले जनाएको छ।

नेपाल एलपी ग्यास उद्योग संघले आम उपभोक्तालाई आफूसँग रहेको खाली सिलिण्डर डिलरमा बुझाउन समेत आग्रह गरेको छ।

उद्योगीले ग्यास खपत कम भएर बुलेटमै थन्किन थालेको गुनासो गरेपछि आयल निगमले बिहीबार एक सूचना निकाल्दै आइतबारबाट पुरा सिलिण्डर ग्यास बजारमा पठाउन निर्देशन दिएको हो।

prabhu mahalaxmi
kumari