stcnepal long ad
ime life insurance
national life
global ime bank long

समीट लघुवित्तको पुस २४ गते साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा यही पुस २४ गते बोलाएको छ। संस्थाको हिजो पुस १ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा यही पुस २४ गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा तनहुँको आँबुखैरेनी–३ स्थित आँबुखैरेनी रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसमा बिहान १० बजेबाट सुरु हुने जनाइएको छ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्ता पुँजीको २५.२८५ प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ। सजिलो लघुवित्त र समीट लघुवित्तबीच मर्जर कार्य सम्पन्न भई २०७७ असोज ६ गतेबाट एकीकृत कारोबार सुरु भइसकेको हुँदा घोषित लाभांशमा लाग्ने लाभांश करको व्यवस्था नगरिएको संस्थाले जनाएको छ।

बोनस सेयर जारीपछि संस्थाको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सजिलो लघुवित्त र समीट लघुवित्त आपसमा मर्जर पश्चात संस्थापक सेयर र सर्वसाधरण सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणतर्फको ७ लाख ५१ हजार ७१२ कित्ता सेयर प्रिमियममा थप सार्वजनिक निष्कासन (एफपीओ ) का माध्यमबाट सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्ने जनाएको छ।

सोही सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्था आपसमा गाभ्न, गाभिन वा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्ने जनाएको छ।

सभामा गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षक प्रतिवेदनजस्ता महत्वपूर्ण दस्तावहरु छलफल गरी पारित हुने छन्।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही पुस १५ गतेदेखि सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्त लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

IME Lifesidebar
kumari