stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रिय मुद्दा बन्यो पुँजीबजार

अहिले सेयर बजार राष्ट्रिय मुद्दा नै बनेको अवस्था छ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अहिले नेपालको सेयर बजारका विषयमा एकपछि अर्को दलका शीर्ष नेताबीच जुहारी चलिरहेको छ। पछिल्लो समय नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुँजीबजार प्रतिको अभिव्यक्ति सार्वजनिक भएपछि शीर्ष नेताहरुबीच नै जुहारी चल्न थालेको छ।

अहिले सेयर बजार राष्ट्रिय मुद्दा नै बनेको अवस्था छ। पुँजीबजार सम्बन्धी अबधारणालाई लिएर प्रचण्डको तीव्र आलोचन भएसँगै उनको सचिबालयले सच्चाउने प्रयास गर्यो । त्यसको केही दिनमै फेरि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई काउन्टर दिँदै चन्दा नपाएपछि सेयर बजारमाथि रिस पोखे भन्दै आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका थिए।

ओलीलाई जबाफ फर्काउँदै प्रचण्डले हिजो एक प्रेस विज्ञप्ति नै जारी गरेका थिए। जसमा उनले आफू सेयर लगानीकर्ताको हितको पक्षमा रहेको स्पष्ट पारेका छन्।

सेयर बजारवृत्तमा भने प्रचण्डको भनाइले लगानीकर्ता बिच्किएको र अब विश्वस्त हुन नसक्ने भनी चर्चा चलिरहेको छ।

लगानीकर्ताहरूले सेयर बजारलाई लिएर नेताहरुबीच चलिरहेको जुहारीको खरो आलोचना गरेका छन। सेयर बजारका लगाानीकर्ता पार्टीका कार्यकर्ता होइनन्, पार्टीका नेताहरुले आश्वासन दिँदैमा विश्वस्त हुन सक्ने अवस्था छैन। नेताहरु कामभन्दा पनि वक्तव्यबाजीमा उत्रेका छन्।

तरलता समाधानसँगै पुँजीबजारमा गर्नुपर्ने थुप्रै काम अलपत्र छाडेर नेताहरु आफैँ वक्तव्यबाजीमा उत्रिएकोले लगानीकर्ताहरु आश्वस्त हुन नसकेको अवस्था छ।

एक हिसाबले अहिले चर्को बहस र नेताहरुको अभिव्यक्तिले सेयर बजार भनेको के रहेछ भन्ने सन्देश भने सबै तह र तप्कामा पुगेको छ।

अब प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सेयर बजारप्रतिको धारणा आउन बाँकी रहेको छ। उहाँले पनि सेयर बजारबारे केही बोल्नु होला। अधिवेशनपछि केही धारणा आउन सक्छ भन्ने आशामा आम लगानीकर्ता छन।

IME Lifesidebar
kumari