citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको नाफामा १२६ प्रतिशत उछाल

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १२६.३९ प्रतिशत बढेर १० करोड ६८ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लघुवित्तले ४ करोड ७२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षमा लघुवित्त संस्थाले ५० करोड ६५ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ४८ करोड १ लाख ३३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तले ५ करोड ६५ लाख ४४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ५६ करोड ५८ लाख ६६ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १५ करोड २४ लाख ४ हजार रुपैयाँ सञ्चालन नाफा रहेको छ ।

अघिल्लो वर्ष लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ५२ करोड ८७ लाख ५९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ३ करोड २४ लाख ८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

लघुवित्तको वितरणयोग्य नाफा ८ करोड ९० लाख ३७ हजार रुपैयाँ रहेको छ । यस आधारमा लघुवित्तको लाभांश क्षमता २०.१६ प्रतिशत पुगेको छ ।

४४ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ३७ करोड १० लाख १ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष १०.४५ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) गत वर्ष बढेर ११.९४ प्रतिशत पुगेको लघुवित्तले जनाएको छ । गत असारसम्म लघुवित्तको निक्षेप २ अर्ब ८५ करोड ६८ लाख रुपैयाँ तथा सापटी ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ र कर्जा लगानी ६ अर्ब ७ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष निक्षेप २ अर्ब ६० करोड ६० लाख रुपैयाँ तथा सापटी २ अर्ब ५६ करोड ९० लाख रुपैयाँ र कर्जा लगानी ५ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ थियो ।

अघिल्लो वर्ष १०.६९ रुपैयाँ रहेको  लघुवित्तको  प्रतिसेयर आम्दानी गत वर्ष बढेर २४.२० रुपैयाँ पुगेको छ । यस्तै लघुवित्तको प्रतिसेयर नेटवर्थ २०४.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३८.०१ गुणा रहेको छ ।

IME Life
kumari