सेनामा उपरथी अनुपजंग थापालाई दोहोरो जिम्मेवारी
काठमाडौँ । नेपाली सेनाका उपरथी अनुपजंग थापालाई नीति महानिर्देशनालयको महानिर्देशकको समेत जिम्मेवारी दिइएको छ ।
उहाँ नेपाली सेनाको शक्तिशाली मानिने युद्धकार्य महानिर्देशनालयका महानिर्देशकसमेत हुनुहुन्छ ।
थापालाई दोहोरो जिम्मेवारी दिइनुलाई आगामी प्रधानसेनापतिको दौडसँग जोडेर हेरिएको छ । उहाँलाई भावी प्रधानसेनापतिका रूपमा तयार पार्ने उद्देश्यले यो जिम्मेवारी दिइएको चर्चा सैनिक वृत्तमा छ । थापा आगामी प्रधानसेनापतिका लागि एकल दावेदार रहेको चर्चा पनि सैनिक वृत्तमा हुने गरेको छ ।























