citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

कालिका लघुवित्त वित्तीय संस्थाको चौथो त्रैमाससम्ममा वित्तीय नतिजा सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा अत्यन्तै उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो खुद नाफामा सहितका अधिकांश सूचकमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको हो ।

विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १२ करोड २८ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ३०४.६० प्रतिशतको उत्साहजनक वृद्धि हो । अघिल्लो आवमा कम्पनीको नाफा मात्र ३ करोड ३ लाख ७१ हजार रुपैयाँ सीमित थियो ।

संस्थाको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा पनि सन्तोषजनक सुधार देखिएको छ । अघिल्लो वर्ष ३५ करोड ६७ लाख ३१ हजार रुपैयाँ रहेको यस्तो आम्दानी ३२.०१ प्रतिशतले बढेर ४७ करोड ९ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

यसैगरी संस्थाको सञ्चालन मुनाफा पनि ८ करोड २३ लाख रुपैयाँबाट उल्लेख्य बढ्दै १८ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

वित्तीय अवस्थाको सुदृढीकरणसँगै कम्पनीको जगेडा कोष र चुक्ता पुँजीमा पनि बढोत्तरी भएको छ । कम्पनीको चुक्ता पुँजी ४४ करोड ८४ लाख ६१ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १० करोड ७ लाख रुपैयाँ र रिजर्भमा २५ करोड २३ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको कुल सम्पत्ति पनि ५ अर्ब २५ करोड रुपैयाँबाट बढेर ५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

यद्यपि निष्कृय कर्जा (एनपीएल) मा भने केही दबाब देखिएको छ । अघिल्लो वर्ष ८.२७ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस वर्ष बढेर ९.७८ प्रतिशत पुगेको छ ।

त्यस्तै प्रतिशेयर आम्दानी २७.४० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७८.७३ रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य मुनाफा ८ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

IME Life
kumari