stcnepal long ad
ime life insurance
global ime bank long

दरबारमार्गमा स्रोत नखुलेको ६९ लाख ५० हजार बरामद

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित बिइङ ह्‍युमन कपडा पसलबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित सोही पसलका मनेजेर काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय होरोसी खनाललाई गत मंसिर १७ गते शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा श्रोत नखुलेको रकम ओसार पोसार तथा लुकाई राख्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा झोलामा राखिएको अवस्थामा १ हजार दरको ४९ लाख रुपैयाँ र ५ सय दरको २० लाख ५० हजार रुपैयाँ गरी उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको थियो ।

खनाललाई आवश्यक कारवाहीका लागि सम्पत्ती शुद्धीकरण विभाग पुल्चोक ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

prabhu mahalaxmi
kumari