stcnepal long ad
ime life insurance
global ime bank long

बैङ्किङ् कारोवारका लागि काठमाडौँ महानगर र एनआइसी बैङ्कविच सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बैङ्किङ् कारोवारका लागि काठमाडौँ महानगरपालिकाले एनआइसी एशिया बैङ्कसँग सम्झौता गरेको छ ।

वडा सहित राजस्व संकलन हुने केन्द्र र समग्र काममा पर्ने बैङ्किङ् कामका लागि महानगरले प्रतिस्पर्धाको माध्यमबाट छनौट गरी एनआइसीसँग सम्झौता गरेको हो ।

आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र वैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

प्रतिस्पर्धाबाट छनौटमा परेको बैङ्कसँग सम्झौता गर्ने विषयमा मंसिर ७ गते बसेको ७१ औँ कार्यपालिका बैठकले निर्णय गरेको थियो ।

उक्त सम्झौता बमोजिम आउँदो ३ महिनाभित्र महानगरका सबै वडा र राजस्व संकलन केन्द्रमा बैङ्कले एउटै प्रकारका काउन्टर खोल्नेछ । वडा कार्यालयमा सम्भव नभए नजिक वहालमा ठाउँ लिएर भए पनि काउन्टर खोल्नु पर्ने सम्झौतामा उल्लेख छ । यसपछि महानगरलाई सेवाग्राहीले बुझाउनु पर्ने सबै प्रकारका रकम सोझै बैङ्कमा जम्मा हुनेछ ।

सम्झौतापछि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले महानगरको आर्थिक कारोवार पूर्ण रुपमा बैङ्कमार्फत हुन थालेपछि वित्तिय सुशासन कायम हुने बताउनुभयो ।

यसअघि वडातहमा जान सकिएको थिएन । अब सबै वडामा बैङ्कको शाखा हुनेछ । ज्ञवालीले भन्नुभयो, ‘अब महानगरको सञ्चित कोष व्यवस्थापन गर्न सञ्चालनमा ल्याइएको सब—नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सुत्र) मा आधारित लेखा सहित सेवासँग सम्बन्धित आर्थिक कारोवारलाई अनलाइन भुक्तानी प्रणालीबाट सञ्चालन हुनेछन् ।’

महानगरको वित्तिय अनुशासन कायम गराउन वैङ्कले आफ्ना सबै दायित्वहरु इमान्दार भएर पूरा गर्नेछ । सम्झौतापछि बैङ्कका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भन्नुभयो, महानगरसँगको साझेदारी हाम्रा लागि महत्वपूर्ण छ ।

बैङ्कले महानगरको केन्द्रीय कार्यालयमा एटीएम खोल्नेछ । महानगरले कर्मचारीहरुको तलवीसहितका खाता वैङ्कबाट सञ्चालन गर्नेछ । यसअघि महानगरले नविल बैङ्कसँग साझेदारी गर्दै आएको थियो ।

prabhu mahalaxmi
kumari