stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओ सूचीकृत

सोमबारबाट कारोबारमा आउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयर पनि आउँदो सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ। टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओ आज शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, शनिबार र आइतबार सार्वजनिक बिदा परेकोले यो कम्पनी शेयर सोमबार आउने भएको हो।

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ४२ लाख ३० हजार ६६८ कित्ता (३५.२६ प्रतिशत) र संस्थापकको ७७ लाख ६९ हजार ३३२ कित्ता (६४.७४ प्रतिशत) रहेको छ।

पहिलो कारोबारका लागि नेप्सेले टक्सार पिखुवा खोला हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले ‘टीपीकेएचएल’ पाएको छ।

आउँदो सोमबार स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

टक्सार पिखुवा खोला हाइड्रोपावरले गत वैशाख २३ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने जेठ ६ गते गरिएको थियो।

IME Lifesidebar
kumari