stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालका नगरपालिकाहरूमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ११ करोड ५० लाख अमेरिकी डलर (करिब १५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ ।

एडीबीका अनुसार उक्त ऋणबाट सञ्चालन हुने एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना मार्फत १३ जिल्लाका ८ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

परियोजनाले शहरी क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै ढल तथा फोहरपानी व्यवस्थापन प्रणालीलाई समेत सुदृढ बनाउने लक्ष्य राखेको छ ।

परियोजनाअन्तर्गत नगरपालिकाहरूमा खानेपानी वितरण प्रणाली विस्तार, ढल व्यवस्थापन पूर्वाधार निर्माण तथा सरसफाइ सेवाको सुधारका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

यसले बढ्दो शहरी जनसंख्याका कारण सिर्जित खानेपानी र सरसफाइसम्बन्धी समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एडीबीका नेपालस्थित कन्ट्री डाइरेक्टर आर्नो कोश्वाले नेपालमा तीव्र शहरीकरणका कारण शहरी क्षेत्रमा अत्यधिक चाप बढ्दै गएको र धेरै समुदाय अझै सुरक्षित खानेपानी तथा आधारभूत सरसफाइ सेवाबाट वञ्चित रहेको बताए ।

उनले परियोजना कार्यान्वयनपछि नगरपालिकाका बासिन्दाको खानेपानी तथा सरसफाइ सेवामा पहुँच उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

परियोजनालेसार्वजनिक स्वास्थ्य सुधार, वातावरणीय प्रदूषण न्यूनीकरण तथा दिगो शहरी विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

IME Lifesidebar
kumari