stcnepal long ad
ime life insurance
global ime bank long

सांग्रिला डेभलपमेन्ट बैंकले सञ्चालनमा ल्यायो ‘सांग्रिला रेमिट’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो समय शाखा विस्तार तथा विभिन्न प्रकारका बैंकिङ सुविधाहरुसमेतमा उल्लेखनीय हिसाबले वृद्धि गरिराखेको सांग्रिला डेभलपमेन्ट बैंक लि. ले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाका लागि ‘सांग्रिला रेमिट’ नामक आफ्नै रेमिट सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

यस सेवा अन्तर्गत जुनसुकै नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेन्टकोमा गई नेपालभर आफ्नो इच्छाइएको व्यक्तिलाई सिधै रकम पठाउन तथा जुनसुकै बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्ने छन्।

बैंकले सञ्चालनमा ल्याएको यस सेवा आन्तरिक विप्रेषणका लागि हो भने विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको रकमलाई समेत बैंकिङ प्रणालीबाट नेपालमा ल्याई सम्बन्धित प्राप्तकर्तालाई भुक्तानी दिनेसम्बन्धी अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा समेत छिट्टै सञ्चालनमा ल्याइने बैंकले जनाएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहक तथा सेयरधनीको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई हालसम्म सफलताका १६ औं वर्ष पार गरिसकेको छ । सांग्रिला डेभलपमेन्ट बैंकका देशभर १०४ शाखा तथा ३१ एटीएम सञ्चालनमा रहेका छन्।

prabhu mahalaxmi
kumari