stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल विद्युत प्राधिकरणको नयाँ महसुल दर प्रस्ताव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आधारभूत वर्गका ग्राहकलाई २० यूनिटसम्म निःशुल्क बिजुली दिने प्रस्ताव अघि बढाएको छ ।

सोही प्रस्ताव अनुसार भदौं ३० गते बुधबार विद्युत् नियमन आयोगले एक सार्वजनिक सूचना जारी गरेको छ ।  उक्त सुचनामा नेपाल विद्युत प्राधिकरणले उपभोक्ता विद्युतीय महसुल समायोजनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव गरेको छ।

विद्युत नियमन आयोगले एक सार्वजनिक सूचना निकालेर प्राधिकरणको उक्त प्रस्तावमा सरोकारवाला निकायहरुसँग आगामी असोज १४ गते बिहीबार राय, सल्लाह सुझाव लिने भएको छ। प्राधिकरणसँग ग्राहक ४९ लाख २४ हजार रहेका छन्।

जसले वार्षिक ९ अर्ब ४१ करोड १० लाख युनिट विधुत खपत हुने गरेको छ। ग्राहर्स्थ वर्गका लागि सिंगल भोल्टेजमा ५, १५, ३० , ६० एम्पियरका लागि छुट्टा छुट्टै शुल्क तोकेर प्रस्ताव गरिएको छ।

५ एम्पियरका लागि ११ देखि २० किलोवाट (घण्टा) खपत गर्ने ग्राहकहरुको इनर्जी शुल्क ३ रुपैयाबाट शुन्यमा झारिएको छ। हाल लिइदै आएको ३० रुपैयाँ न्युनतम शुल्क भने यथावत राखिएको छ।

यसैगरि १५१ देखि २५० किलोवाट खपत गर्ने ग्राहकका लागि न्युनतम शुल्क (१२५ रुपैया) यथावत राखिएको छ। इनर्जी शुल्क ५० पैसा घटाएर ९ रुपैयाँ ५० पैसा बनाइएको छ। ४०० किलोवाट भन्दा बढी खपत गर्ने ग्राहकका लागि न्युनतम शुल्क २५ रुपैयाँ बढाएर २ सय रुपैयाँ पुरर्याइएको छ भने इनर्जी शुल्क १ रुपैयाँ घटाएर ११ रुपैयाँ प्रस्ताव गरिएको छ।

१५ एम्पियरमा २५१ देखि ४ सय किलोवाट खपत गर्ने ग्राहकका लागि न्युनतम शुल्क २५ रुपैयाँ बढाएर २ सय रुपैयाँ पुरर्याइएको छ। १५१ देखि २५० किलोवाट खपत गर्नेका लागि इनर्जी शुल्क ५० पैसा घटाएर ९ रुपैयाँ ८५ पैसा प्रस्ताव गरिएको छ।

४ सय किलोवाटभन्दा बढी खपत गर्नेका लागि न्युनतम शुल्क २५ रुपैयाँ बढाएर २२५ रुपैयाँ बनाइएको छ भने इनर्जी शुल्क १ रुपैयाँ घटाएर ११ रुपैयाँ बनाइएको छ। यस्तै ३० एम्पियरका लागि १५१ देखि २५० किलोवाट खपत गर्दा तिर्नुपर्ने इनर्जी शुल्क ५० पैसा घटाएर ९ रुपैयाँ ५० पैसा बनाइएको छ ।

२५१ देखि ४ सय किलोवाटका लागि न्युनतम शुल्क २५ रुपैयाँ बढाएर २२५ रुपैयाँ बनाइएको छ। ४ सय किलोवाट माथि खपत गर्नेका लागि न्युनतम शुल्क २५ रुपैयाँ बढाएर २५० रुपैयाँ बनाइएको छ भने इनर्जी शुल्क १ रुपैयाँ घटाएर ११ रुपैयाँ बनाइएको छ।

यसैगरि ६० एम्पियरका लागि १५१ देखि २५० किलोवाट खपत गर्नेहरुका लागि इनर्जी शुल्क ५० पैसा घटाएर ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । २५१ देखि ४ सय किलोवाट खपत गर्नेहरुका लागि न्युनतम शुल्क २५ रुपैयाँ बढाएर २७५ रुपैयाँ पुरर्याइएको छ । माथिल्लो र तल्लो भोल्टेज प्रयोग गर्ने औद्योगिक ग्राहकको हकमा पनि फरक महशुल प्रस्ताव तय गरिएको छ ।

IME Lifesidebar
kumari