citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

कांग्रेसको १० जिल्लाको क्रियाशिल सदस्यता बिबाद टुंगियो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाली कांग्रेसले १० वटा जिल्लाको क्रियाशील सदस्यता विवाद भदौं ३० गते टुंगो लगाएको छ। कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक, मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदलले क्रियाशिल सदस्यता विवाद छानबिन केन्द्रीय समितिका सदस्यहरुको समन्वयमा बुधबारसम्म १० जिल्लाको बिबाद टुंगो लगाएको बुझिन आएको छ।

कांग्रेसको क्रियाशिल सदस्य विवाद टुंगो लागेका जिल्लाहरूमा प्रदेश १ को मोरङ, प्रदेश २ को पर्सा र महोत्तरी, बागमती प्रदेशको काठमाडौं, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक, प्रदेश ५ को कपिलबस्तु र बर्दिया, र सुदूरपश्चिमको बाजुरा र कैलालीमा क्रियाशील सदस्यता विवाद टुंगिएको छ। तर यश सम्बन्धि सुचना भने एकै पटक प्रकाशित हुने भएको छ।

७७ मध्ये ५६ जिल्लाको क्रियाशिल सदस्यता बिबाद भदौं १५ गतेसम्ममा टुंगो लागेर वडा अधिवेशन समेत सम्पन्न भइ सकेको छ ।

सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा जिल्ला कार्यसमितिको सहमति बिना केन्द्रीय कार्यालयबाट जथाभावी नाम थपेर सदस्यता वितरण गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गर्ने बताएका छन् ।

२० जिल्लामध्ये १० जिल्लाको क्रियाशिल सदस्यता बिबाद टुंगोमा लागेसँगै अब १० जिल्ला सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट र बारा, बागमति प्रदेशको रसुवा, प्रदेश ५ को वाँके र कर्णाली प्रदेशको सुर्खेत र डोल्पा जिल्लाको सदस्यता बिबाद अझै टुंगोमा पुगेको छैन। तर भोली सम्ममा टुंगो लगाएर नाम प्रकाशित गर्ने छानवीन समितिले तयारी गरिरहेको छ।

क्रियाशिल सदस्यता छानबिन समितिले बिबाद टुंगोमा पुर्याएको जिल्लाको क्रियाशिल सदस्यहरुको नामावली पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई बुझाई सकेको छ। तर, मुख्य सचिवले निर्वाचन समितिलाई ति जिल्लाको नामावली अझै बुझाएका छैनन्।

केन्द्रीय निर्वाचन समितिका संयोजक अधिवक्ता महादेव प्रसाद यादवले क्रियाशिल सदस्यता बिबाद टुंगोमा पुगेको भन्दै क्रियाशिल सदस्यहरुको नामावली अब आफूले किस्ताबन्दीमा नबुझ्ने अडान लिएका छन्। जसले गर्दा बिबाद टुंगो लागेका जिल्लाको क्रियाशिल सदस्यहरुको नामावली अझै प्रकाशित भएको छैन।

रसुवामा तत्कालीन नयाँ शक्ति, कपिलवस्तुमा संघीय फोरम र डोल्पामा राप्रपाबाट आएकाहरुको क्रियाशील सदस्यतामा विवाद छ भने बाँके र सुर्खेतमा मापदण्ड अनुसार बिबाद मिलाउन खोजे पनि वरिष्ठ नेता पौडेल पक्षले अस्वीकार हुने भन्दै अडान लिएका छन्।

पार्टी पदाधिकारीहरुको बैठकले यसअघिको कार्यतालिका संशोधन गरि गत भदौ १८ गते वडा अधिवेशन नभएका २० जिल्लाको हकमा २०७८ असोज ५ गते वडा अधिवेशन गर्ने नयाँ मिति निर्धारण गरेको छ।

यसैगरि भदौ २७ गते गर्ने भनिएको स्थानीय तह गाउँपालिका र नगरपालिकाको अधिवेशन असोज ९ गते एकै पटक गर्ने निर्णय गरेको छ ।

पार्टीले प्रदेश निर्वाचन क्षेत्रिय अधिवेशन असोज १२ गते र संघीय निर्वाचन क्षेत्रिय अधिवेशन असोज १५ गते गर्ने निर्णय गरेको छ। एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १८ का लागि सारिएको छ ।

तर, प्रदेश समितिको अधिवेशन भने कात्तिक १० देखि १२ गतेसम्म गरिनेछ भने मंसिर ९ देखि १३ गते काठमाडौंमा १४ ओैं महाधिवेशन गर्ने कांग्रेसको तयारी रहेको छ।

gold
himalayan life insurance long ad