citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रलेस प्रतिभा पुरस्कार पोखरेललाई

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । प्रलेस प्रतिभा पुरस्कार–२०७८ वरिष्ठ प्रगतिवादी स्रष्टा मातृका पोखरेललाई दिने भएको छ। प्रगतिशील लेखक संघका निवर्तमान अध्यक्ष , नेपाल साहित्यिक पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष , नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य भइसकेका पोखरेल नेपाल विधुत प्राधिकरणमा पनि जागिरे थिए।

यसका अतिरिक्त दर्जनौं सङ्घ संस्थामा आबद्ध पोखरेलले कविता र कथा रचेका छन् ।मूलत कथाकारको रूपमा परिचित पोखरेलका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

यस अघि पनि उनले सिम्पल सम्मान र स्रष्टा चैत्र सम्मान लगायतका विभिन्न पुरस्कार र सम्मानहरू प्राप्त गरिसकेका छन् ।

वेदना , समकालीन र आलेखन लगायतका साहित्यिक पत्रिकाको सम्पादन गरेका उनी मार्क्सवादी कला र साहित्यमा क्रियाशील स्रष्टा र द्रष्टाका साथै नेकपा (माओवादी केन्द्र) का नेता समेत हुन । निरन्तर साधना र सम्प्रेषण गर्न सफल पोखरेललाई हार्दिक बधाई ।

himalayan life insurance
igi long