stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कामना सेवा विकास बैंकको दुई नयाँ शाखा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २९ फागुन २०७६

काठमाडौं । कामना सेवा विकास बैंकले प्रदेश नं १ मा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । प्रदेश १ को सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं १ स्थित इनरुवामा यही फागुन २२ गते र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित इटाभट्टामा फागुन २३ गते आफ्नो १२१औ   र १२२औ  शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

इनरुवा शाखाको समुद्घाटन इनरुवा नगरपालिका वडा नं १ का प्रमुख राजन मेहता र बैंकका संचालक चतुराखर अधिकारीले संयुतm रुपमा शाखाको उद्घाटन गरेका थिए । यसैगरी इटाभट्टा शाखाको समुद्घाटन मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ झापाका वीरष्ठ उपाध्यक्ष  मोहन निरौला र बैंकका संचालक  चतुराखर अधिकारीले संयुतm रुपमा शाखाको उद्घाटन गरेका थिए ।  बैंकले देशका विभिन्न भागहरुमा १२२ वटा शाखा तथा ६२ वटा एटिएमः मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari