प्राइम र कैलाशको एकीकृत कारोबार सुरु

आर्थिक सञ्जाल बिहीबार, २९ फागुन २०७६
काठमाडौँ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गरी आजदेखि एकीकृत कारोबार सुरु गरेकको छ । प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा आज आयोजित विशेष कार्यक्रममा एकीकृत कारोबारको सुरु गरिएको हो ।
कैलाशलाई प्राप्ति गरेपछि नाम प्राइम कमर्सिलय बैंक नै रहने र केन्द्रीय कार्यालय पनि प्राइम कै केन्द्रीय कार्यालय रहेको कमलपोखरीमा हुनेछ । बैंकको अध्यक्षमा प्राइम कमर्सिलय बैंकका राजेन्द्रदास श्रेष्ठ हुने छन् भने प्रमुख कार्यकारी अधिकृतमा नारायणदास मानन्धर नै हुने छन् । उक्त अवसरमा आयोजित कार्यक्रममा अन्य बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तीलाई प्राथमिकतामा राखेको प्राइम बैंकका श्रेष्ठले बताए ।
प्राइम कमर्सिलय बैंकमा कैलाश गाभिएपछि शाखा संख्या २ सय पुगेको र चुक्ता पूँजी करिब १४ अर्ब सहित पूँजी कोष १९ अर्ब रुपियाँ पुगेको उक्त कार्यक्रममा बताइयो । निक्षेप संकलन १ खर्ब ३० अर्ब, कर्जा लगानी १ खर्ब १५ अर्ब र कर्मचारी संख्या १ हजार ५०० बढी पुगेको कार्यक्रममा जानकारी दिइयो । आजबाट एकीकृत कारोबार सुरु हुने भएपछि हिजो एक दिन दुबै बैंकको कारोबार बन्द रहेको थियो । गत असार २० गते नै यी दुई बैंकबीच गाभ्ने/गाभिने सम्झौता भएको थियो ।