stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्र बैंकको संचालक सङख्या सात पुराउने सरकारको तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेपाल राष्ट्र बैंक सञ्चालक समितिका  आकार बढाउन सरकारले प्रस्ताव अघि सारेको छ । राष्ट्र बैंकको हालको ७ सदस्यीय सञ्चालक समितिलाई ९ बनाउने प्रस्ताव गरिएको हो ।

सरकारले नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधन गर्न बनाएको विधेयक अनुसार ९ सदस्यीय सञ्चालक समितिको परिकल्पना गरिएको हो । सरकारले तयार गरेको उक्त विधेयक संघीय संसद्को प्रतिनिधिसभामा दर्ता पनि भइसकेको अवस्था छ ।

विधेयक अनुसार ऐनको दफा २० बमोजिमको योग्यता पुगेका व्यक्तिमध्ये छुट्टाछुट्टै क्षेत्रको प्रतिनिधित्व हुने गरी नेपाल सरकारले नियुक्त गरेका ५ जना गैरकार्यकारी स्वतन्त्र सञ्चालक रहने व्यवस्था छ ।

हाल आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुन क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्तिमध्ये नेपाल सरकारले नियुक्त गरेका ३ जना सञ्चालक रहने व्यवस्था छ ।

केन्द्रीय बैंक सञ्चालक समिति अध्यक्ष गभर्नर हुनेछ भने सदस्यमा अर्थ सचिव, दुई डेपुटी गभर्नर रहने व्यवस्था छ ।

IME Lifesidebar
kumari