साउदलाई नेप्सेबाट हटाउन चलखेल !
निमयनकारी निकायको महाप्रबन्धकले भित्रीरुपमा शेयरको कारोबार गरि अकूत सम्पत्ती कमाएको आरोप लागेको छ । तर, अर्थ मन्त्रालय यश बारे बेखबर छ ।
काठमाडौं । २०७४ साल असोजमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को महाप्रबन्धक नियुक्त भएका चन्द्र सिंह साउदले सर्वोत्तम सिमेन्टको गोल्डन शेयर खरिद गरेर पदको दुरुपयोग गरेको आरोप लागे लगतै सिभिल लघुवित्त कम्पनीका विक्री नभएको हकप्रदको लिलामीको शेयर समेत खरिद गरेको फेला परेको थप आरोप लागेको छ ।
निमयनकारी निकायको महाप्रबन्धकले भित्रीरुपमा शेयरको कारोबार गरि अकूत सम्पत्ती कमाएको आरोप लागेको छ । तर, अर्थ मन्त्रालय यश बारे बेखबर छ ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएसँगै नेप्सेका महाप्रबन्धक साउद शक्तिशाली भएका छन् । उनी नेपाली कांग्रेसका नेता एनपी साउदका नजिकका नातेदार हुन।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले बिक्री नभएको हकप्रद सेयरको लिलामीमा सहभागी भएको पाइएको छ ।
नेप्सेका महाप्रबन्धक साउदले सिभिल लघुवित्तको बिक्री नभएको हकप्रदको लिलामीमा भाग लिएको देखिन्छ नेप्से स्रोतले भन्यो । सिभिल लघुवित्तले जारी गरेको हकप्रद सेयर बिक्री नभएपछि गत वर्ष असोजमा लिलाम बढाबढ गरेर हकप्रद सेयर बिक्री गरेको देखिन्छ ।
सिभिल लघुवित्तको ११ हजार ६०८ कित्ता संस्थापकतर्फ र ८९ हजार ४५० कित्ता साधारणतर्फको हकप्रद बिक्री नभएपछि लिलामी खुल्ला गरेको थियो ।
नेप्से महाप्रबन्धक साउदलाई आइपीओ शेयर भर्न कानुनी र नैतिक रूपमा छुट छ । तर, लिलामीको सेयर लिलाम बढाबढमा सहभागी हुने छुट छैन्।
नेप्से महाप्रबन्धक साउदले शक्तिको दुरुपयोग गरि लिलामी शेयर खरिद गर्नु ठिक ठानिएको छैन। उनले यस्तो खरिदमा पदिय प्रभाव पारि आफूलाई पार्न सक्ने सम्भावना बढी हुन्छ ।
त्यो हुँदा नेपाल धितोपत्र बोर्डको नेतृत्व तथा नेप्सेको नेतृत्वमा बस्नेले हकप्रदको लिलामीको प्रक्रियामा सहभागी हुन नमिल्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ। सहभागी हुँदा नैतिक प्रश्न उठछ। के नेप्सेका महाप्रबन्धक साउदलाई कानून लाग्दैन रु भन्ने प्रश्न समेत उठाइएको छ।
नेप्से महाप्रबन्धक साउदले ५ सय कित्ता सेयर प्रतिकित्ता ६४५ रुपैयाँको दरले खरिदको लागि लिलामी प्रक्रियामा सहभागी भएको प्रमाण फेला पारेको दावी गरिएको छ ।
भनिन्छ नियामक निकाय नेपाल धितोपत्र वोर्डका अध्यक्ष,निर्देशक र नेप्सेको नेतृत्वदायी भूमिकामा बस्ने व्यक्तिले बिक्री नभएको हकप्रदको लिलामी प्रक्रियामा सहभागी हुन मिल्दैन ।
लिलामीमा नियामक निकायका प्रमुख र नेप्सेका महाप्रबन्धक सहभागि नहुँदा राम्रो हुन्छ, विदेशमा यस्तो अभ्यास भएको देखिदैन ।
नेप्से महाप्रबन्धक साउदले बुक बिल्डिङबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमती सुशिला कुमारी बोहराको नाममा १० हजार कित्ता खरिद गरेका थिए । उनलाई यहि विषयमा अहिले अर्थ मन्त्रालयले स्पष्टिकरण मागेको छ ।
साउदले सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको विषय अहिले भाइरल बनेको छ । अर्थ मन्त्रालयले स्पष्टिकरण सोधिसकेको छ । अब के कारवाही हुन्छ हेर्न बाँकी छ।
कारवाही हुन्छ कि साउदले उन्मुक्ति पाउँछन् भन्ने चासो बढेको छ। ऐन( कानुनले स्पष्ट रूपमा शेयर खरिद नगर्नु नभनेको अवस्थामा शेयर खरिद गर्नु अपराध नहुँने कानुनी शासनको मान्यता हो। नैतिक बन्धन भनेको अन्तर्राष्ट्रिय प्रचलनलाई फलो गर्नु हो।
त्यसैले यश विषयमा महाप्रबन्धक साउदले एक पटकलाई उन्मुक्ति पाउने प्रवल सम्भावना रहेको देखिन्छ। यसमा नियामक निकायलाई कानुनले प्रष्ट खरिद गर्न नपाउने व्यवस्था गर्न आवश्यक देखिन्छ।























