नेप्सेमा सुधार : शेयर कारोवार र रकममा पनि वृद्धि
/fhwfgLsf] OGb«rf]sdf gfu k~rdLsf nfuL gfusf] kmf]6f] a]Rb} dlxnf . tl:j/ M lah' dxh{g, sflGtk'/
काठमाडौं । नेपाल इन्भेष्टर फोरमले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का महाप्रबन्धक चन्द्रसिंह साउद भेटेर २०७४ कार्तिक ८ गते बधाई दिदै नेप्से र शेयर बजार सुधारका १० बुँदे माग पनि राखेका थिए ।
ती मध्ये उनले पूरा गर्न सक्ने अधिकांश माग पूरा भइ पनि सकेका छन। नेपाल इन्भेष्टर फोरमका तात्कालिन अध्यक्ष अम्बिका पौडेल र उपाध्यक्ष छोटेलाल रौनियार थिए । साउदको साढे तिन वर्षको अवधिमा शेयर कारोवारमा धेरै सुधार भएको छ।
नेप्से पनि धेरै वृद्धि भएको छ। कारोवार अंक र कारोवार रकम पनि वृद्धि भएको छ। नेप्से उच्च विन्दुमा पुगेर लगानीकर्ताले राम्रो फाइदा पाउन सकेका छन।
नेपालको पूँजी बजारको बिकास र आधुनिकीकरणका लागि पूर्ण अनलाईन कारोबार प्रणाली अति आबश्यक छ ।अहिले नेप्से पुरै पूर्णअनलाईन प्रणालीमा गएको छ।
हाल संचालनमा रहेका ५० वटा सेयर दलालको संख्या र पहुँच आमलगानीकर्ताहरुका बीचमा न्युन रहेको, बढ्दो बजारको आबश्यकता पुरा गर्न, देशका कुनाकाप्चामा रहेका लगानीकर्ताहरुलाई अत्याधुनिक सुबिधा दिन र पूर्ण अनलाईन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउन उनीहरुबाट मात्रै शेयर खरिद बिक्री कारोवार संभव नहुने हुँदा संस्थागत बाणिज्य बैंक तथा व्यक्तिगत फर्महरुलाई ब्रोकर लाईसेन्स दिने माग अहिलेसम्म पूरा हुन सकेको छैन्।
यसमा नेपाल धितोपत्र वोर्ड र अर्थ मन्त्रालय जिम्मेवार छन। देश संघियतामा गएकाले प्रत्येक प्रदेशमा क्षेत्रीय शेयर दलालहरुलाई लाईसेन्स दिनुपर्ने माग भएपनि यसमा पुर्ण अनलाइनबाट कारोवार हुने भएकाले प्रदेश स्तरमा दलाल कार्यालय आवश्यक देखिन्न,अन्तर्राष्ट्रिय प्रचलन पनि त्यस्तो छैन । सबै बैंकका शाखाहरू मार्फत सेयर कारोबारको आइपियो आवेदन हाल्न पाइने ब्यवस्था भैसकेको छ ।
गैरआवासीय नेपाली, विदेशमा बस्ने नेपाली नागरिकलाशई शेयर बजारमा प्रवेश गर्ने व्यवस्था भैसकेको छ। संस्थागत विदेशी लगानीकर्ताहरुलाई सेयर बजारमा प्रबेश गराउने माग पूरा हुँन बाँकी छ।
बैंक तथा बित्तीय संस्थाहरुबाट सेयर धितो कर्जा लिँदा लगानीकर्तालाई धेरै असुविधा र झंंझटको अवस्था छ। सेयर दलाल मार्फत तत्काल मार्जिन ल्याण्डिङ उपलब्ध हुने ब्यवस्था भएमा सहज हुने थियो। डिलरशीप पनि उनीहरुलाई दिन र कार्यक्षेत्र बिस्तार गर्न पनि आवश्यक छ ।
अहिलेको ब्रोकर कमिशन ज्यादै महंगो भएको छ। यसले समस्त लगानीकर्ताहरुलाई मर्का परेकाले ब्रोकर कमिशन यथाशीघ्र अधकितम ०.२५ प्रतशितसम्म सीमितपारी लगानीकर्ताले शेयर किनबेच गर्न पाउने प्रणाली लागू गर्न आवश्यक छ ।
दक्षिण एशियामा नेपालको सबैभन्दा महंगोे कमिशन दर नै पूँजीबजारको बिकास र विस्तारको ठूलो बाधक हो भन्ने विश्लेषण छ। हकप्रद आबेदन र लिलाममा आउने सेयरमा बोलपत्र पेश गर्ने प्रक्रियालाई तत्काल आश्वा प्रणालीमा आबद्ध गरी राजधानी बाहिर रहेका लाखौं लगानीकर्ताले समेत सहज र सरल रुपमा आबेदन गर्ने र रकम फिर्ता पाउने ब्यवस्था सुनिश्चित गर्न आवश्यक छ।यसमा धेरै सुधार भएको पाइन्छ।
नेप्सेमा सूचिकृत कम्पनीहरुले बर्षौसम्म साधारणसभा नगर्नाले नेपाली शेयर लगानीकर्ता प्रताडित बनिरहेका छन् ।
यस्तो मर्का हटाउन हरेक पुसमसान्त भित्र साधारणसभा नगर्ने कम्पनीलाई आर्थिक जरिवाना र कडा कानुनी कारवाही गर्न आवश्यक छ। कम्पनी ऐनमा हरेक पुस मसान्त भित्रमा पब्लिक कम्पनीले साधारणसभा गरी विवरण पेश गर्नुपर्ने ब्यवस्था रहेकोले कानुन पालनामा समेत सघाउ पुग्छ र सूचिकृत कम्पनीहरुको संस्थागत सुशासनमा समेत सुधार आई लगानीकर्ताहरुको हित संरक्षण हुन्छ । राजश्व असुली बढेर सरकार, नेप्से, धितोपत्र बोर्ड, ब्रोकर, लगानीकर्ता सबैलाई फाईदा हुन्छ ।
साधारणसभाले पारित गरेकोे बोनस र हकप्रद सेयर जारी भई बिक्री बन्दभएको महिनौपछि पनि लगानीकर्ताको खातामा नआउने समस्या रहेकोले बोनस र हकप्रद जारी भएको तीन महिना भित्रमा लगानीकर्ताको खातामा आईसक्ने ब्यवस्था गर्नु लगानीकर्ता र पूँजी बजारको हितमा हुने ठानेका छौ ।
सेयर धितो कर्जा लिएकाहरुको सवालमा उनीहरुले प्राप्त गर्ने बोनस हकप्रद सेयर बैंकको नाममा रोक्का नभई सिधै लगानीकर्ताको खातामा जाने ब्यवस्था हुन जरूरी छ। बैंकसँग नो अब्जेक्शन लेटर लिन पर्ने व्यवस्था नहोस ।
बजार निर्माता (मार्केट मेकर) लाई तत्काल लाईसेन्स दिई पूँजी बजारमा भित्र्याउन आवश्यक छ । यसले बजारको अनाबश्यक उतार चढावलाई नियन्त्रण गरी आम सर्बसाधारण लगानीकर्ताको लगानी सुरक्षित पार्नुका साथै बजारलाई स्थायित्व दिन्छ र बिस्तारमा सघाउँछ ।
सूचिकृत हरेक कम्पनीले त्रैमासिक बित्तीय विवरण पत्रिकामा छाप्नुभन्दा अघिल्लो दिन बेलुका पीडीएफ फाईल बनाएर नेप्सेमा पठाउनुपर्ने र त्यो फाईललाई नेप्सेले आफ्नो वेभसाईटमा भोलिपल्ट कार्यालय समय सूरु हुनेबेला सम्ममा अपलोड गर्नु आबश्यक देखिएको छ ।
यसो गर्दा देशका कुनाकाप्चामा रहेका र बिदेशमा रहेका नेपालीले पनि सहजै रुपमा सुसुचित हुन पाउने, पीडीएफ फाईलका कारण नेप्सेको साईटमा कुनै लोडनपर्ने, खासै खर्च नहुने भई समग्र पूँजी बजारलाई नै फाईदा पुग्ने हुँदा यसै त्रैमासिक बित्तीय विवरण बाटै सुरुवात गर्न आवश्यक छ ।
शेयर राफसाफ हिसाब पनि छिटो हुने,कारोवार रकम पनि छिटो बैंकमा जम्मा हुने व्यवस्था भएकाले शेयर बजार क्षेत्रमा अहिले आमूल सुधार भएपनि यसले मात्र शेयर बजार वृद्धि हुन सक्दैन।
नेप्सेका महाप्रबन्धक साउदबाट पूँजी बजारको बिकासप्रति सकारात्मक काम र आम सर्बसाधारण लगानीकर्ताको हितप्रति संबेदनशील भएको पाइएको छ ।























