stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइएमई जनरल इन्स्योरेन्स २२ औं वार्षिक साधारण सभा सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शनिबार, २४ फागुन २०७६

काठमाडौं  आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २२औं बार्षिक साधारण सभा २०७६ साल फागुन २४ गते लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभामा सम्पूर्ण शेयरधनी र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गरे ।

पछिल्लो  समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा ग्राहकमुखी भएर सन्तुष्ट ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको छ ।

उक्त साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजीको ६ प्रतिशतले बोनस शेयर र सो मा लाग्ने कर समेत प्रदान गर्ने निर्णय पारित गरेको छ । कम्पनीले गत आर्थिकमा १ अर्ब ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा १ अर्ब २७ करोड बीमा शुल्क आर्जन गरेको र खुद नाफा १४ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको सभालाई जानकारी दिए ।

कम्पनीको २२ औं बार्षिक साधारण सभाबाट आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, अम्बिकाप्रसाद पौडेल र सुरेश देवकोटा साथै सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र सिताराम थापा संचालक पदमा निर्बिरोध निर्वाचित भएका छन् ।

prabhu mahalaxmi
kumari