stcnepal long ad
global ime bank long

‘कुसुम द बुटिक’मा अञ्जु, पुजा र विष्णु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शनिबार, २४ फागुन २०७६

काठमाडौं । ‘कुसुम द बुटिक’ले एक कार्यक्रमबीच प्रथम वार्षिकोत्सव मनाएको छ । शनिबार राजधानीको डिल्लीबजारस्थित बुटिकको कार्यालयमा चर्चित पाश्र्व गायिका अञ्जु पन्त, अभिनेत्री पुजा शर्मा, गायिका तथा अभिनेत्री विष्णु चेम्जोङ, इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’का प्रबन्ध निर्देशक तेञ्जिङ शेर्पालगायतका सेलिब्रेटीले केक काटेर वार्षिकोत्सव मनाएको हो ।

उक्त बुटिक गत वर्ष यसै समयमा नारी दिवशको अवसरमा कुसुम श्रेष्ठले सञ्चालनमा ल्याएकी हुन् । त्यो बेला गायिका अञ्जु पन्तले नै रिवन काटेर बुटिकको उद्घाटन गरेकी थिइन् । शनिबार प्रथम वार्षिकीको केक काट्न पुगेकी अञ्जुले भनिन्, ‘कुुसुम बुटिकले मलाई नै फेसन कन्सस बनाइसकेको छ ।’ उनले कुसुम बुटिक सञ्चालनमा आएदेखि आफूू नियमित कस्मटर भएको समेत बताइन् ।

हुन त पछिल्लो केही वर्षयता फेसन कन्ससमात्र नभएर अञ्जुले आफ्नो सुन्दरतालाई समेत निखार्दै लगेकी छन् । निखारिँदै गएको सुन्दरताप्रति उनका अञ्जुका शुभचिन्तक तथा फ्यानका लागि रहस्यको विषय बन्नसक्छ । यसबारे अञ्जु भन्छिन् ‘खाश केही होइन, खानपान र समयटेवल नै हो ।’ मान्छे स्वास्थ भएपछि सुन्दर हुने र फेसनले त्यसलाई निखार्ने उनको बुझाइ छ ।  निखारिँदै गएको आफ्नो स्लिमनेशलाई उनी चाँडै म्युजिक भिडियोमा पं्रस्तुत गर्दैछिन् । उनले भनिन्, ‘एउटा आफ्नो गीतमा आफै मोडलिङ गर्दैछु ।’

कार्यक्रममा अभिनेत्री पुजा शर्माले कुसुम बुटिकका पहिरनले आफूलाई लोभ्याएको बताइन् । केही दिनअघि मात्र उनले कुसुम बुटिकको पहिरनमा एक साप्ताहिकका लागि होली फोटोसुट गराएकी थिइन् । गायिका अञ्जु र अभिनेत्री पुजाका लागिमात्र नभएर पछिल्लो समय ‘कुसुम द बुटिक’को पहिरन अधिकांश नेपाली सेलिब्रेटीको रोजाइ बन्दै गएको छ ।

कार्यक्रममा अभिनेत्री तथा  नेपाल स्टारसमेत रहेकी गायिका विष्णुले कुसुम बुटिकको पहिरन आफूलाई कम्फाटेवल लाग्ने बताइन् । फेसनको विशेषता पनि यही हो । आफूलाई जुन पहिरन ‘कम्फाटेवल’ लाग्छ, त्यही नै फेसन हो ।

कार्यक्रममा बुटिककी सञ्चालिका तथा फेसन डिजाइनर कुसुम श्रेष्ठले एक वर्षको अवधिमा आफूले सोचेभन्दा राम्रो भएको बताइन् । उनले भनिन्, ‘आज यो बुटिक सञ्चालनमा ल्याएको एक वर्ष पूरा भएको छ । यहाँसम्म आउँदा सर्वसाधारणदेखि सेलिब्रेटीसम्म चिनिन पाएकी छु । यही नै मेरो लागि खुसी र प्रगतिको कुरा हो ।’

IME Lifesidebar
kumari