stcnepal long ad
ime life insurance
national life
global ime bank long

जर्जियामा आफूलाई जिताउन दबाब दिएको खुलासा. ट्रम्पको फोन रेकर्ड सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जीया राज्यको चुनावी परिणाम आफु अनुकुल आउनेगरि व्यवस्था मिलाई दिन निर्वाचन अधिकारीलाई दबाब दिएको खुलाशा भएको छ ।

ट्रम्पले जर्जीयाका निर्वाचन अधिकारी ब्राड राफेन्सपर्गरलाई टेलिफोन गरेर आफुलाई जित्न आवश्यक ११ हजार ७ सय ८० भोटको बन्दोबस्त गरिदिन आग्रह गरेको अडियो रेकर्ड सार्वजनिक भएको हो । वासिङ्टन पोस्टले सार्वजनिक गरेको फोन रेकर्डमा ट्रम्पले जर्जिया प्रान्तका शीर्ष चुनाव अधिकारीलाई चुनावमा आफुलाई जिताउन आवश्यक भोटको बन्दोबस्त गरिदिन आग्रह गरिरहेको सुनिएको छ ।

अडियोमा राफेन्सपर्गरले ट्रम्पलाई जर्जियाको नतिजा सही भएको र आफुहरुले धाँधलीरहित ढंगले नियमपूर्वक मतगणना गरेको दावी गरेका छन् । जर्जीया राज्यमा डेमोक्रेटिक उम्मेदवार जो बाईडेनले ट्रम्पलाई ११ हजार ७ सय ७९ मतले हराएका थिए ।

अमेरिकी राष्ट्रपति चुनावमा जो बाईडेन विजयी भएपनि ट्रम्पले हार स्विकार्न अस्विकार गर्दै आएका छन् । निर्वाचनमा बाइडेनले ३ सय ६ तथा ट्रम्पले २ सय ३२ इलेक्टोरल मत पाएका छन् । यो परिणामलाई जनवरी ६ तारिखमा अमेरिकी संसदले प्रमाणिकरण गर्दैछ ।

IME Lifesidebar
kumari