citizens life insurance long ad
stcnepal long ad

कामना सेवा विकास बैंकले देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकको विभिन्न क्षेत्रिय कार्यालय तथा शाखा कार्यालयहरुमा उक्त रक्तदान कार्यक्रम हुने बैंकले जनाएको छ ।

कोशी प्रदेशको विराटनगरमा कार्तिक १५ गते, काठमाडौंको ज्ञानेश्वर स्थित केन्द्रीय कार्यालय, मधेश प्रदेशको वर्दिवास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, वुटवल क्षेत्रको वुटवल, पश्चिम क्षेत्रको घोराही र महेन्द्रनगरमा कार्तिक १८ गते वृहत् रक्तदान कार्यक्रम गर्न लागिएको हो ।

काठमाडौं उपत्यका लगायतका देशका विभिन्न शहरहरुमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै उक्त रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा छैठौं अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल प्रतियोगिता समेत आयोजना गर्दैछ ।

कार्तिक १४ र १५ गते काठमाडौंको धन्यन्तरी फुटसल कोर्टमा हुने उक्त फुटसल प्रतियोगितामा आर्थिक पत्रकारहरुको संगठन सेजन, नाफिज र इमान लगायत अन्य ३० वटा बैंक तथा वित्तीय संस्थाहरुका टिमहरुको सहभागीता रहेको छ ।

IME Life
kumari