stcnepal long ad
ime life insurance
national life
global ime bank long

सीआईबीको नक्कली प्रमाणपत्र र सरकारी कार्यालयका छाप सहित चार जना पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूका नक्कली प्रमाणपत्र तथा छाप सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भारतको विहार घर भई हाल विराटनगर–१ बस्ने २७ वर्षीय समिर साह, महोत्तरी भंगाहा–९ का २१ वर्षीय आदित्यकुमार यादव, जनकपुर–४ का ३० वर्षीय चन्दन साह र जनकपुर–२ का ५० वर्षीय रामचन्द्र साहलाई पक्राउ गरेको हो ।

समिर साह नाम थर वतन बताउने व्यक्ति शङ्कास्पद रूपमा फेला परेको र उनको कोठा खानतलासी गर्दा कालो रङ्गको कपडाको सुटकेस ब्याग भित्र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोबाट जारी भएको भनिएको नक्कली प्रमाण पत्र, परिचय पत्र, सोही कार्यालयको छाप लगायत विभिन्न कार्यालयहरूको छापसमेत फेला परेकोले प्रहरीले जनाएको छ ।

साहले आफूहरूले आर्थिक लाभ लिनको लागि उक्त कागजात तथा छापहरू बनाई राखेको प्रहरीलाई बयान दिएका छन् पक्राउ परेका उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रहरीले उनीहरूबाट बैङ्क तथा कार्यालयहरूको स्टाम्प ४० थान, सीआइबीको प्रमाणपत्र १ थान, विभिन्न बैङ्कका भौचर, रेल्वे कम्पनीको आवेदन फाराम ३ थान, सवारी चालक अनुमति पत्र एक थान, प्लास्टिकको पेस्तोल तीन थान बरामद गरेको छ ।

IME Lifesidebar
kumari