प्राइम कमर्सियल बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । प्राइम कमर्सियल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १५% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ४०७ रुपैयाँ निर्धारण भएको छ ।
यहि भाउलाई आधार मानेर सोमबार प्राइमको सेयर कारोबार खुल्नेछ । नेप्सेले आइतबार अन्तिम कारोबार मूल्य ४६८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्राइम कमर्सियल बैंकले पुस २९ गते बस्ने साधारण सभाको लागि आज पुस २० गते सोमबार बुक क्लोज गरेको छ । जस अनुसार आइतबार पुस १९ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १५% बोनस सेयर वितरण गर्न लागेको हो ।























