चाडपर्वको बहार, बजाज WEGO मा रु. ५० हजारको छुट!
अब ५० हजार नगद छुटसँगै Exchange मा रु. ३० हजारसम्मको अतिरिक्त मूल्याङ्कन तथा ६ वर्ष वा १,५०,००० कि.मि. वारेन्टीको आकर्षक सुविधा
काठमाडौं । बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नेपाली ग्राहकहरूका लागि नयाँ बजाज WEGO इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनमा आकर्षक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ।
‘चाडपर्वको बहार, WEGO मा ५० हजार!’ नारासहित ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरूले द्यबवबव ध्भ्न्इ खरिदमा रु. ५० हजारको छुट प्राप्त गर्न सक्नेछन्।
यस योजनालाई अझ आकर्षक बनाउँदै कम्पनीले पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ बजाज WEGO खरिद गर्ने ग्राहकहरूका लागि रु. ३० हजारसम्मको अतिरिक्त मूल्याङ्कन सुविधा पनि उपलब्ध गराएको छ। ग्राहकहरूको दीर्घकालीन विश्वास र सन्तुष्टिलाई प्राथमिकता दिँदै बजाज WEGO मा ६ वर्ष वा १,५०,००० किलोमिटरसम्मको वारेन्टी सुविधा प्रदान गरिएको छ।
साथै, ग्राहकहरूको खरिद प्रक्रियालाई सहज र पहुँच योग्य बनाउन Hulas Finserv Hire Purchase Ltd (HFL) लाई फाइनान्स पार्टनरका रूपमा प्रस्तुत गरिएको छ। सजिलो फाइनान्सका साथसाथै ३६ महिने (EMI) सुविधाले ग्राहकलाई अझ सरल बनाएकोे पनि कम्पनीले जनाएको छ।
नयाँ बजाज WEGO इलेक्ट्रिक तीनपाङ्ग्रे मा आधुनिक डिजाइन, शक्तिशाली इलेक्ट्रिक मोटर, लिथियम आयन (LFP) ब्याट्री प्रविधि, आरामदायी यात्रा तथा कम सञ्चालन खर्च प्रमुख विशेषताहरू रहेका छन्।
बजाज WEGO ले पूर्ण चार्जमा करिब १३० देखि १४० किलोमिटरको व्यावहारिक रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा इको तथा पावर राइडिङ मोड, रिजनरेटिभ ब्रेकिङ र हिल होल्ड असिस्टजस्ता आधुनिक प्रविधिहरू समावेश गरिएका छन्।
यी सुविधाहरूले दैनिक व्यावसायिक प्रयोगका लागि सवारी साधनलाई अझ व्यावहारिक,सुरक्षित र भरपर्दो बनाउँछन्।
योजना सम्बन्धी थप जानकारी, लागू हुने सर्तहरू तथा उपलब्धताका लागि ग्राहकहरूले नजिकैको आधिकारिक बजाज तीनपाङ्ग्रे सवारीसाधन शोरुममा सम्पर्क गर्न सक्नेछन्।


























