citizens life insurance long ad
stcnepal long ad

अफगानिस्तानको काबुल विश्वविद्यालयमा आक्रमण, २२ जनाको मृत्यु

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । अफगानिस्तानको राजधानीमा रहेको काबुल विश्वविद्यालयमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा २२ जनाको मृत्यु भएको छ । केही घण्टासम्म चलेको आक्रमणमा थप २२ जना घाइते भएका छन् ।

सोमबार बन्दुकधारीले विश्वविद्यालयमा प्रवेश गरेर गोली चलाएका हुन् । सो क्रममा सुरक्षाकर्मी र बन्दुकधारीबीच विश्वविद्यालयमा तीन घण्टासम्म भिडन्त भएको थियो । सुरक्षा कारबाहीमा तीन बन्दुकधारी मारिएका छन् ।

इस्लामिक स्टेटको क्षेत्रीय समूहले आक्रमणको जिम्मा लिएको छ । विश्वविद्यालयमा इरानियन पुस्तक मेला हुनै लाग्दा आक्रमण भएको हो ।

विश्वविद्यालय आक्रमणमा ज्यान गुमाएकाको सम्झनामा सरकारले मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

IME Life
kumari