भारतीय सेनाध्यक्ष भोलीवाट तीनदिने भ्रमण
काठमाडौ । भगवान पशुपतिनाथ,भगवान बुद्ध र सर्वोच्च शिखर सगरमाथा सहित विश्वका ठुला हिमालयको देश नेपालमा भारतीय स्थलसेनाध्यक्ष एम.एम.रनवाणेको तीन दिने भ्रमण भोली कार्तिक १९ गतेबाट हुदैछ।
उनलाई नेपाल सरकारले नेपाली सेनाको मानार्थ सेनापति महारथीको सम्मान प्रदान राष्ट्रपति विधादेवी भण्डारीबाट कार्तिक २० गते गर्दैछ । यो कुरा नेपाली सेना,सरकार र नेपाली जनताका लागि स्मरणीय क्षण हो ।
भारत र नेपालका बीच रहेको यो परम्परा धेरै दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ।उपनिवेश कालमा स्वतन्त्र रहन सकेको हिमाली मुलुकको नेपाली सेना र राष्ट्र निर्माता बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको बिबेक र बहादुरीलाई शक्तिशाली ठुलो छिमेकी भारत र चीन दुबैलाई प्रभावित पार्दै सम्मान प्राप्त गर्ने तथ्य हुन ।
यहि गौरबशाली इतिहास र बर्तमानलाई क्षेत्रिय सुरक्षा ,बिश्व शान्ति र समृद्धिको आधारमा प्रस्तुत गर्न सक्दा नेपाली सुझबुझ र बहादुरीपुर्वक बिश्व शान्तिमा पुर्याइ रहेको योगदान भारतीय सेनाका लागि पनि अनुकरणीय बन्नेछ ।
नेपाल भारत सम्बन्धमा गतिरोध उत्पन्न भएको बर्तमान समयमा दुई सरकारका बीच सिमा सम्बन्धमा वार्ता हुन नसकिरहेको बेला भारतीय सेनाध्यक्षको आगमनले समझदारी बढ्न गई वार्ताको बाताबरण बनाउन सजिलो हुनेतर्फ धेरैले बिचार राखेका छन ।
सेनाको भुमिका राष्ट्रिय राजनीतिमा बढ्न सक्दा मात्रै जनतामा भरोसा जाग्ने देखिइनाले चारैतर्फ असफल बन्दै गएको सत्ता लोलुप,भष्ट र स्वार्थी दलिय सत्ता र सरकारलाई पनि सहज हुन सक्छ।
नेपाली सेनाको गौरब र इतिहासलाई हिम्मतका साथ प्रस्तुत गर्न सक्दा राष्ट्रिय सुरक्षा ,क्षेत्रिय सुरक्षा र समृद्धिमा योगदान पुग्न सक्ने हुँदा नेपाली सेनाले सरकारलाई बिश्वासमा लिदै नवीन प्रयास गर्नुपर्ने देखिन्छ ।
१० मौलिक सिद्धान्त र साझा संस्थाः भारत र चीन बीच द्वन्द्व चलिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दुत बनेर भारतीय वाह्रय गुप्तचर बिभागका प्रमुख सामान्त कुमार गोयल नेपाल आउनु र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटनु,लिपुलेक हुदै मानसरोवर मार्ग उद्घाटन र सेनाध्यक्षले नेपाल चीनको उक्साहटमा लागेको आरोप लगाउनु जस्तो परिस्थितिमा वहाको भ्रमणलाई क्षेत्रिय सुरक्षाको दृष्टिले पनि सन्तुलन मिलाउन सक्नुपर्ने देखिन्छ ।
परम्परागत रुपमा भन्दा बर्तमानको चर्का बिबादका बेलामा नेपाल सरकार आन्तरिक द्वन्द्वमा फसेका बेला नेपाली सेनाले सुझबुझ देखाउन पर्नेछ ।
स्वराज्य र मेलमिलाप जस्तो मौलिक सिद्धान्त र कतै तिर पनि नढल्किने तटस्थ संस्थाको आबश्ययकता बोध गराउदै नागरिक सर्वोच्चता तथा नागरिक सरकार बारे पनि नेपाली सेनाले अबधारणा बनाउन ढिलाइ गर्नु हुन्न । दातृ निकायको उक्साहटमा उफ्रने नागरिक समाजका ठाउँमा राष्ट्रिय एकिकरणमा योगदान पुर्याएका स्वतन्त्र नागरिक समाजबारे नेपाली सेना,नेपाल सरकार र नेपाली जनताले दृष्टिकोण स्पष्ट गर्न सक्नुनै भबिष्यमा निर्धक्क हुने अबस्था हो।























