stcnepal long ad
ime life insurance
global ime bank long

गाजामा इजरायली आक्रमणबाट पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

दक्षिणी गाजास्थित नास्सर अस्पतालमाथि इजरायली हवाई आक्रमण हुँदा पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ। स्थानीय समय अनुसार बिहान १० बजे भएको दुई चरणको आक्रमणबाट ५ जना पत्रकार सहित २० जनाको मृत्यु भएको हो ।

आक्रमणले आपत्कालीन सेवा सञ्चालन हुँदै अस्पतालको मुख्य भवनमा ठुलो क्षति पुर्‍याएको छ । पहिलो विस्फोटपछि उद्धारकर्मीहरू घाइतेलाई सहयोग गरिरहेका बेला दोस्रो आक्रमण भएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले घटनालाई “दुर्भाग्यपूर्ण त्रुटि” भन्दै गहिरो दुःख व्यक्त गरेको छ। उनले यसबारे पूर्ण अनुसन्धान भइरहेको बताएका छन् ।

prabhu mahalaxmi
kumari